प्रचण्डले मसँग गरेको गोप्य सम्झौताको ‘कपी’ सार्वजनिक हुनसक्छ : केपी ओली


प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले तत्कालीन नेकपामा पुष्पकमल दाहाल प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको र त्यसको ‘एक कपी’ आफूसँग सुरक्षित रहेको खुलासा गरेका छन्।

तत्कालीन पार्टीमा विवाद बढ्दै गएको बेला माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई झुक्याएर प्रचण्डले आफूसँग सम्झौता गरेको ओलीले खुलाएका हुन्।

‘पार्टी विवादबारेको मुद्दा अदालतबाट के हुन्छ ?’ भन्ने भएपछि प्रचण्डले मसँग सम्झौता गरेका थिए’,‘त्यो सम्झौताको उनले पनि चर्चा गरेका छैनन्, मैले पनि अहिलेसम्म ग-या छैन। तर, अहिले म भन्छु, उनले मसँग सम्झौता गरेका थिए।’ सम्झौताको एक एकप्रति आफू र प्रचण्डसँग रहेको ओलीले बताए। ‘त्यसको एकप्रति प्रचण्डसँग छ, एकप्रति कागज मसँग छ’, ओलीले भने। अन्नपूर्ण पोष्ट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com