पानीका मुहान बचाउन रिचार्ज पोखरी


प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार

झण्डै तीन वर्षअघि सन्धिखर्क नगरपालिका– ९ अर्घामा रहेको काफलपानी पँधेरो सुक्यो । स्थानीय ५० घर परिवारले पिउने पानी प्रयोग गर्ने पँधेरो हिउदमा सुकेपछि टाढाको अर्को पँधेरोबाट पानी खान स्थानीयवासी बाध्य भए ।

रोजगारी तथा अध्ययनको सिलसिलामा युवायुवती गाउँमा नबसेपछि घरमा रहेका वृद्धवृद्धालाई निकै सास्ती भयो । तर गतवर्ष ठूलो खडेरी लाग्दासमेत पानी नसुकेपछि स्थानीयवासी खुसी भएका छन् । स्थानीय युवा समाजसेवी तथा व्यवसायी कृष्णप्रसाद भुसाल र हरिप्रसाद भुसालको नेतृत्वमा सुरु भएको दश घर एक पोखरी अभियानले दुई वर्षअघि काफलपानी पँधेरो भन्दामाथि नेटाका पोखरामा पोखरी खनेपछि काफलपानी पँधेराको पानी नसुकको हो ।

पानी पँधेरोमा खडेरीमा पनि नसुकेपछि आफु खुसी भएको स्थानीय जीवबहादर दमाइँले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई तीनवर्ष अघि सामान्य खडेरीमा पनि सुक्न थालेको पँधेरो यो पोखरी खनिएपछि गत वर्ष ठूलो खडेरीमा पनि सुकेन ।”

दुई वर्षअघि सुरु भएको दश घर एक पोखरी अभियानले अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा साना ठूला गरी ४० भन्दा बढी पोखरी निर्माण गरेको थियो । आफूहरुले खनेका पोखरीका कारण धेरै ठाउँमा हिउँदमा पनि पानी नसुकेको रिचार्ज पोखरी निर्माण अभियानका अभियान्ता कृष्णप्रसाद भुसालको भनाइ छ । उहाँले त्यतिबेला विभिन्न व्यक्तिको करिब एक लाख सहयोगमा विभिन्न ठाउँमा पोखरी निर्माण गरिएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बढ्दो जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै जान थालेको र त्यही सुक्न थालेको पानीको मुहान संरक्षण गर्न आफूहरुले अभियान सुरु गरेको भुसालले बताउनुभयो । दुई वर्षअघि खनेका पोखरीले खडेरीमासमेत मूल मर्न नदिएको देखेपछि हौसिएका अभियन्ताले गएको तिहारमा लायन्स क्लब अफ अर्घाखाँचीसँग समन्वय गरी देउसी भैलोबाट उठेको पैसाबाट पनि रिचार्ज पोखरी खनिरहेका छन् । दश घर एक पोखरी अभियानले जिल्लाका विभिन्न स्थानमा पोखरी निर्माण गरिरहेको छ । पाँचवटा पोखरी खनिसकेको र अझै पाँच वटा पोखरी खन्ने कार्य जारिरहेको अभियान्ता भुसालको भनाइ छ ।

विकासको क्रममा बाटो, खेल मैदान, अनि संरचना निर्माण हुँदा धेरै ठाउँमा पोखरी पुरिएकै कारण अर्घाखाँचीमा पानीको समस्या झन बढेको निष्कर्षसहित दश घर एक पोखरी अभियानको सुरुवात भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com