वैदेशिक रोजगारमा जानेलाई दःख दिए कारबाही गर्छु : मन्त्री आले


प्रकाशित मिति : पुस १९, २०७८ सोमबार

1fkgkq sf7df8f}F, !( k’; M j}b]lzs /f]huf/df hfg] >ldsn] ef]Ug’ k/]sf ;d:of ;dfwfgsf] 1fkgkq ;f]daf/ ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL k|]daxfb’/ cfn]nfO{ a’emfpFb} Plss[lt j}b]lzs /f]huf/ Joj;foL ;ªu7g g]kfnsf kbflwsf/L . tl:a/ M ljdnaxfb’/ lji6÷/f;;

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रेजगारका लागि विदेशमा जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिनेलाई कारबाही गरिने बताउनुभएको छ । एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन नेपालको ज्ञापनपत्र ग्रहण गर्दै आज मन्त्री आले उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने गरिब नागरिकलाई सबैले सम्मान गर्नुपर्छ, दुःख दिने नियतले काम कुरा गर्नु गलत हो ।” सङ्गठनले वैदेशिक रोजगारका लागि विदेश जाने श्रमिकहरूलाई विमानस्थलमा दुःख दिने गरेको जानकारी गराएका थिए ।

मन्त्री आलेले वैदेशिक रोजगारमा जाने नागरिककै कारण देशमा रेमिट्यान्स भित्रिएको र सोझा, सिधा नागरिकलाई अनेकन बहानामा दुःख दिनु गलत भएको बताउनुभयो । आफू मन्त्री भएपछि वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विश्रामस्थल, खानेपानी र निःशुल्क वाइफाईको व्यवस्था गरेकाले आफू श्रमिकहरूका पक्षमा सधैँ सकारात्मक रहेको समेत मन्त्री आलेले जानकारी गराउनुभयो ।

मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले दैनिक ४० जना वैदेशिक रोजगारमा जाने श्रमिकलाई सस्तो दरको टिकट प्रदान गर्दै आएको छ । सो सङ्गठनका अध्यक्ष सन्तकुमार लामाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारका लागि जाने श्रमिकहरूसँग आवश्यक कागजपत्र हुँदाहुँदै पनि विभिन्न बहाना देखाई कागजपत्र नपुगेको भन्दै त्यहाँ कार्यरत कर्मचारीहरूले दुःख दिने गरेको गुनासो गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com