हिमपातले गहुँबाली सप्रिने भन्दै किसान खुसी


प्रकाशित मिति : पुस १८, २०७८ आईतबार

8f]Nkf ef/L lxdkft hfh/sf]6, !$ k’; M tNnf] 8f]Nkfsf] d’8s]r’nf ufpFkflnsf 8f]Nkfsf] g’s{, ;’/df ef/L lxdkftkl5 hghLjg k|efljt . 8f]Nkfsf] &) k|ltzt e”–efu lxpFn] ;]tfDo kf/]sf] 5 . t:jL/ M x]dGt s];L÷/f;;

लामो समयको खडेरी पश्चात् परेको हिमपातले जिल्लाका किसान खुसी भएका छन् । पानी नपरेकाले बारीमा छरेको गहुँबाली उम्रिन नसक्नाका साथै कीरा फट्याङ्ग्राले खाएर सक्ने भन्दै चिन्तामा रहेका डोटीका किसान दुई दिनसम्म परेको हिमपातले गहुँलगायत अन्य बालीलाई पानी पर्याप्त हुने भएकाले खुशी भएका हुन् ।

जिल्लाका उच्च लेकाली तथा आकासे पानीको भरमा खेती गरिएका ठाउँमा लगाइएका खेतीपातीका लागि बाक्लो हिमपातले प्रशस्त पानी पुगेकाले किसान रामाएका सायल गाउँपालिकाका तेजबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी नहुँदा गहुँ बाली सुकेको थियो, अधिकाँश ठाउँका बाली कीराले खाइसकेको थियो, हिमपातले राम्रो सिँचाइ भएकाले अब गहुँलगायत खेती सप्रिने भएका छन् ।”

लामो समयदेखि पानी नपरेका बेला हिमपातसँगैको वर्षाले यहाँका किसानले लगाएका गहँु, तोरी, मसुरो, चनालगायत बाली तथा र आलु, काउली, बन्दालगायत तरकारी खेती राम्रो हुनाका साथै उत्पादनमा पनि वृद्धि हुने आशा पलाएको केआइसिंह गाउँपालिका–२ का किसान रुद्रलाल भट्टले जानकारी दिनुभयो ।

आकाशे पानीको भरमा खेती लगाउने डाडाँका बस्तीसँगै फाँटमा लगाइएको बालीमासमेत वर्षाले राम्रो भएको उहाँको भनाइ थियो । गएको असोज महिनादेखि पानी नपरेका कारण खेतीयोग्य जमिन सुक्खा भएका बेला पानी परेपछि हिउँदे बालीका साथै तरकारी खेतीको उत्पादनमा वृद्धि हुने र बेमौसमी वर्षाले राम्रो प्रभाव पारेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । केही मात्रामा चिसो बढ्ने भएकाले थोरै बालीमा नोक्सानी गरे पनि अहिलेको हिमपात र वर्षाले उत्पादनमा वृद्धि ल्याउने ज्ञान केन्द्रको अपेक्षा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com