पाल्पामा मलामी सवार बस दुर्घटना, ७ जनाको मृत्यु, ८ घाइते


प्रकाशित मिति : पुस १८, २०७८ आईतबार

बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस  पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा  दुर्घटना भएको छ ।

लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताउनुभयो ।  घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन् । मृत्तकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । दुर्घटना बिहान १०ः३० बजे भएको बताइएको छ  ।  बसमा ३५ जना मलामी रहेको बताइएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com