अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसहमतिले पारित


प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार

cWoIf …k|r08Ú cfkmgf] egfO /fVb} sf7df8f}F, !^ k’; M g]kfn sDo’lgi6 kf6L{ -dfcf]jfbL s]G›_ sf] cf7f}F /fli6«o dxflwj]zgsf] 5}7f}F lbgsf] aGbzqdf ;d”x 5nkmndf p7]sf k|Zgsf] hjfkm;lxt cfˆgf] egfO JoQm ub}}{ kf6L{ cWoIf k’iksdn bfxfn …k|r08Ú . t:jL/ M /Tg >]i7÷ /f;;=

नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसहमत पारित भएको छ । माओवादीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्दशत्रले सोमबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदन पारित गरेको हो ।

महाधिवेशनको बन्दशत्रको पहिलो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गर्नुभएको थियो । यस्तै, सोही दिन स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामा प्रस्तुत गर्नुभएको थियो ।

मङ्गलबार र बुधबार अपराह्नसम्म समूहगत छलफल भएको थियो । छलफलका लागि विभिन्न २५ समूह निर्माण गरिएका थिए । समूहको संयोजन गर्ने जिम्मेवारी समेत नेताहरूलाई दिइएको थियो । बन्दशत्रमा नेताहरू हरिबोल गजुरेल, सुरेन्द्र कार्की, लेखनाथ न्यौपानेले अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि टिप्पणीमूलक पूरक प्रतिवेदन पेश गर्नुभएको थियो ।

बन्दशत्रको आजको शत्रमा अध्यक्ष प्रचण्डले सबैको विचार र भावनालाई समेटेर प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाउनुभयो । उहाँले सबैको सुझावलाई आत्मसात् गर्दे पार्टीलाई अझै स्पष्ट र भरोसायोग्य बनाउने बताउनुभएको थियो । नेता तथा कार्यकर्ता तहबाट उठेका सबै विषयलाई सम्बोधन गर्ने प्रतिवद्धता अध्यक्ष प्रचण्डले व्यक्त गर्नुभएपछि अध्यक्ष मण्डलका तर्फबाट निर्णयका लागि प्रस्तुत गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यक्ष मण्डलले गरेको प्रस्तावलाई बन्दशत्रको हलले सर्वसहमतिले पारित गरेको हो । अध्यक्ष प्रचण्डले सबै पक्षको भावनाअनुसार पार्टीलाई थप बलियो बनाउने विश्वास दिलाउँदै एजेण्डा, कार्यक्रमका हिसाबले पनि माओवादी नै अब्बल रहेको बताउनुभयो । उहाँले माओवादी एजेण्डामा नै देश अगाडि बढीरहेकाले यसलाई थप विस्तार गर्दै पार्टीलाई एक नम्बरको बनाएरै छाड्ने बताउनुभयो ।

‘विशेष महाधिवेशन गर्छौँ’

अध्यक्ष प्रचण्डले विचारलाई केन्द्रमा राखेर विशेष महाधिवेशनको आयोजना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले निर्वाचनपछि विचार, राजनीतिक कार्यदिशालगायत विषयमा थप प्रष्टताका लागि विशेष महाधिवेशनको आयोजना गरिने विश्वास दिलाउनुभयो । उहाँले अहिलेको महाधिवेशन विचार निर्माण र नेपाली मौलिकतासहितको समाजवादी कार्यक्रम निर्मााण्का लागि प्रस्थान बिन्दु भएको निष्कर्ष सुनाउँदै विशेष महाधिवेशनमा पुगेर एउटा निष्कर्ष निकालिने बताउनुभयो ।

समूहगत छलफलको क्रममा समेत नेता तथा कार्यकर्ताले विचार निर्माणका लागि अझै बृहत र घनीभूत छलफलको आवश्यक रहेको भन्दै विशेष महाधिवेशन वा त्यस्तै विशेष प्रकारको भेला आवश्यक रहेको धारणा राखेका थिए । सोही धारणालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनपछि विशेष महाधिवेशन गर्ने बताउनुभएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com