सीमा नाकाबाट नेपाली युवतीको उद्धार, दुई भारतीय नागरिक नियन्त्रणमा


प्रकाशित मिति : पुस १४, २०७८ बुधबार

पश्चिमी सीमा नाका त्रिनगर (डोकेबजार) हुँदै भारततर्फ लैजाँदै गरेकी युवतीको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ । कैलालीको लम्की चुहा नगरपालिका–१ थकालीपुर बस्ने १९ वर्षीया युवतीलाई प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेको अवस्थमा सीमा नाकामा तैनाथ सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

भारतको राजस्थान बस्ने वर्ष २१ का अरुणकुमार र भारतको हरियाणा बस्ने वर्ष १८ का चिराग दुग्गलले युवतीलाई प्रलोभनमा पारेर भारततर्फ लाँदै गरेको अवस्थामा दुवैलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

उद्धार गरिएकी र नियन्त्रणमा लिइएका दुई भारतीय नागरिकलाई आवश्यक कानूनी कारवाहीका लागि शान्ति पुनःस्थापन गृह त्रिनगर कैलालीमा बुझाइएको उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com