अमेरिकामा स्वास्थ्यकर्मीहरुले तुरुन्तै वर्क परमिट नविकरणका लागि अनुरोध गर्नसक्ने


प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार

अमेरिकामा स्वास्थ्यकर्मीका रुपमा काम गरिरहेकाहरुले तुरुन्त वर्क परमिट नविकरणका लागि अनुरोध गर्नसक्ने भएका छन् । तत्कालैदेखि लागु हुनेगरी युएससीआईएसले स्वास्थ्यकर्मीहरुका लागि यो सुविधा ल्याएको हो ।

वर्क परमिट नविकरणको आवेदन पेन्डिङ अवस्थामा रहेकाहरुले शीघ्र निर्णयका लागि अनुरोध गर्नसक्ने सुविधा ल्याइएको हो । वर्क परमिट ३० दिन वा त्योभन्दा कम समयमा एक्सपायर हुन लागेका वा पहिले नै एक्सपायर भइसकेकाहरुले शीघ्र निर्णयका लागि अनुरोध गर्नसक्नेछन् ।

कतिपय वर्क परमिट नविकरणमा युएससीआईएसले झण्डै १ बर्ष समेत लगाउन थालेपछि कैयन व्यक्ति बीचमा वर्क परमिट नभई कामविहिन हुने खतरा समेत रहेको छ । खासगरी एसाइलम आवेदकको वर्क परमिट नविकरणमा भइरहेको ढिलाइका कारण थपिएको ६ महिनाको अवधिमा समेत वर्क परमिट नविकरण नहुँदा समस्या हुने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अदालतले युएससीआईएसलाई वर्क परमिटबारे छिटो निर्णयका लागि आदेश दिन अस्वीकार गरेको अवस्थामा युएससीआईसले स्वास्थ्यकर्मीहरुलाई लक्ष्यीत गरेर नयाँ सुविधा ल्याएको छ । शीघ्र वर्क परमिटको अनुरोध गर्नेहरुले आफ्नो पेशाको वा अहिले स्वास्थ्यकर्मीका रुपमा काम गरेको प्रमाण पेश गर्नुपर्नेछ ।

यदि उचित प्रमाणहरु प्राप्त नभएको खण्डमा शीघ्र निर्णय नदिइने युएससीआईएसले जनाएको छ । यसरी अनुरोध भएका आवेदनमा छिटो निर्णय दिने बताएपछि कतिदिनभित्र निर्णय दिने भन्नेबारे युएससीआईसले केही उल्लेख गरेको छैन ।

शीघ्र निर्णयको अनुरोध गर्नका लागि युएससीआईएसको सम्पर्क केन्द्रमा ८०० ३७५ ५२८३ मा फोन सम्पर्क गर्नुपर्नेछ । आफू योग्य स्वास्थ्यकर्मी भए नभएको थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com