पार्टीले पहिलेभन्दा कम जितेपछि बेलायती प्रधानमन्त्रीको भविश्य संकटमा


प्रकाशित मिति : जेष्ठ २६, २०७४ शुक्रबार

चुनावमा अपेक्षित परिणाम आउन नसकेर पहिले भन्दा पनि स्थीति खराब बनेपछि बेलायती प्रधानमन्त्री टरिजा मेको भविश्य संकटमा देखिएको छ । बिहिबारको चुनावमा मेको कन्जर्भेटिभ पार्टीले संसदमा बहुमत गुमाएपछि मेको राजनीतिक भविश्यमा नै प्रश्नचिन्ह खडा भएको हो ।

संसदमा स्पष्ट बहुमतका लागि ३२६ सिटमा विजय हासिल गर्नुपर्ने भएपनि मेको पार्टीले पहिलेभन्दा १२ सिट कम ल्याएको छ । यसअगाडि मेको पार्टीले संसदमा बहुमत अर्थात् ३३० सिट कायम गरिरहेको थियो ।

यद्यपी नयाँ चुनावी परिणामपछि पनि मेको कन्जरर्भेटिभ पार्टी बेलायतको सबैभन्दा ठूलो दलको रुपमा नै रहेको छ । यसैबीच मे ले बेलायतको डेमोक्रेटिक युनियोनिस्ट पार्टीसँग मिलेर सरकार गठन गर्ने बताएकी छिन् । यो पार्टीले १० सिट ल्याएको छ । डेमोक्रेटिक युनियोनिस्ट पार्टीसँग मिल्दा सरकार गठनका लागि ३३२ सिट प्राप्त हुनेछ ।

यसैबीच लेबर दलका नेता जेरेमी कोर्बिनले मतपरिणामप्रति गर्व लागेको भन्दै प्रधानमन्त्री मे ले जनताको सच्चा प्रतिनिधित्व गर्ने सरकारका निम्ति बाटो छाडिदिनुपर्ने प्रतिक्रिया दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com