राति ओछ्यानमा पिसाब फेरेको भन्दै बालकको लिंगमा रबरले बाँधिदिने होस्टेल वार्डेन पक्राउ


प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार

पोखरा/ राति ओछ्यानमा पिसाब गरेको भन्दै ६ वर्षीय बालकको लिंगमा रबरले बाँधेर सजाय दिने एक होस्टेल वार्डेनलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति बालकको लिंगमा रबर बाँधेर सजाय दिने पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टेलकी २७ वर्षीया वार्डेन जानुका नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लामो समयसम्म यौनांग बाँधिएको रबरले असह्य भएपछि बालक चर्काे स्वरमा रोएका थिए । र, रबरले बाँधिएको यौनांग खुल्न आएको थियो । पछि यसबारे थाहा पाउँदा बालकको पेट फुलिसकेको थियो । र, बालकलाई उपचारका लागि अस्पताल पठाइएको तर, हालसम्म नतिजा आइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डोल्पाबाट पोखरा पढ्न आएका ती बालकका बुवा बितिसकेका छन् भने आमा गाउँमा खेती किसान गर्छिन् । परिवार गरिब भएकै कारण बालकालाई पढाउन होस्टेलमा राखिएको प्रहरीले जनाएको छ ।

बालकलाई यातना दिने नेपालीविरुद्ध बालबालिकाविरुद्धको कसुर मुद्दा चलाइएको छ । उनलाई जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलले अभिभावकविहीन बालबालिकालाई पढाउँदै आएको छ । र, हाल होस्टलमा ९ जनाले आश्रय लिइरहेको बताइएको छ ।

घटना घटेपछि घटना बाहिरिन नदिन होस्टल कर्मचारी र स्कुलबीच गोप्य सम्झौता भएको थियो । तर, घटना गोप्य रहन सकेन । घटना बाहिरिएपछि वार्डेन नेपालीलाई पक्राउ गरिएको थियो ।

हिमालयन गुड लाइफ काठमाडौंद्वारा सञ्चालित उक्त होस्टेल पोखरामा दर्ता नभएको पाइएको छ । यस विषयमा जिल्ला प्रशासनले छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com