विद्युत महसुल नतिरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लाइन काटियो


प्रकाशित मिति : पुस ७, २०७८ बुधबार

आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो ।

प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल रु आठ लाख ८७ हजार पुगेको छ । यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उहाँले बताउनुभयो ।

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको नेतृत्व गरेको रङ्गशालामा आर्थिक अभाव भएपछि फाउण्डेसन निर्माणबाट पछि हटेको छ । फाउण्डेसनले  १७ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको भन्दै स्वामित्व लिइदिन भरतपुर  महानगरपालिकालाई अनुरोधसमेत गरेको छ ।

प्राधिकरणले मदिरा उत्पादक कम्पनी माउन्ट एभरेष्ट ब्रुअरीले रु ३७ लाख ४१ हजार बक्यौता तिर्न बाँकी रहेपछि सो उद्योगको पनि लाइन काटेको छ । यससँगै साना १२ फर्म तथा संस्थाको लाइन काटिएको पौडेलले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पचास हजारभन्दा बढी ग्राहक रहेको भरतपुर वितरण केन्द्रमा ६० दिन नाघेका बक्यौतासहित रु एक करोड ४० लाख हाराहारी महशुल उठ्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

विगत केही वर्ष अघियस कार्यालयमा बक्यौता मात्र रु सात करोडसम्म पुगेको पौडेलले जानकारी दिनुभयो । पछिल्ला वर्षहरुमा महशुल असुलीमा कडाइ गरेपछि बक्यौता घटेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com