प्रदेश २ को कांग्रेस अधिवेशनमा दुई पक्षबीच कुटाकुट, केही कार्यकर्ता घाइते


प्रकाशित मिति : पुस ७, २०७८ बुधबार

नेपाली कांग्रेसको प्रदेश–२ समितिको मतदानबारे विवाद हुँदा दुई पक्षबीच कुटाकुट भएको छ । बुधबार (आज) सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच झडप भएको हो । उक्त झडपमा परी कांग्रेसका केही कार्यकर्ताहरु घाइते भएका छन् ।

जनकपुरधाममा भइरहेको अधिवेशनमा कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले विहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद उत्पन्न भएको हो । यता निर्वाचन समितिले भने प्रदेश २ मा बुधबार नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

दुई पक्षबीच कुटाकुट भएपछि बुधबारका लागि निर्वाचन कार्यक्रम स्थगित भएको छ । अब बिहीबार विहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिका संयोजक प्रल्हाद गौतमले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com