नाइजेरियामा कोरोनाभाइरसको चौथो चरणको महामारी


प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार

नाइजेरियामा कोरोनाभाइरसको चौथो चरणको महामारी सुरु भएको घोषणा गरिएको छ । देशमा डेल्टा र ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिन थालेपछि सरकारले कोरोनाभाइरसको चौथो चरणको महामारी सुरु भएको निश्कर्ष निकालेको हो ।

अफ्रिकी मुलुकहरू मध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको नाइजेरियामा पछिल्लो दुई हप्तामा ५०० प्रतिशतका दरले सङ्क्रमण फैलिएको छ ।

नाइजेरियाको रोग नियन्त्रण केन्द्रका प्रमुख इफेडायो अडेटिफाले सङ्क्रमणको दर डरलाग्दोसँग फैलिएकाले चौथो चरणको महामारीको रूपमा लिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नाइजेरियामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख २३ हजार ८८७ जना सङ्क्रमित भएका छन् । कुल सङ्क्रमित मध्ये आइतबारसम्ममा दुई हजार ९८५ जनाको मृत्यु भएको पनि उहाँले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महामारी रोक्नका लागि संयुक्त प्रयासको आवश्यकता रहेको र त्यसका लागि सवैले आ आफ्नो तर्फबाट लाग्नु पर्नेमा उहाँले बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com