अमेरिकामा डेढलाख पुगे ग्रिनकार्ड र नागरिकता लिने नेपाली, गतबर्ष ७८४७ नेपालीलाई ग्रिनकार्ड


प्रकाशित मिति : पुस ४, २०७८ आईतबार

आर्थिक बर्ष २०२० मा ७ हजार ८ सय ४७ नेपालीले अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सफल भएका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार उनीहरुले सन् २०१९ को अक्टोबर १ देखि सन् २०२० को सेप्टेम्बर ३० सम्म अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेका हुन् ।

आर्थिक बर्ष २०२० मा क्यालिफोर्नियामा ८३२ जना नेपालीहरुले ग्रिनकार्ड प्राप्त गरे भने कोलोराडोमा ३२५ जना नेपालीहरुले ग्रिनकार्ड प्राप्त गरे । मेरिल्याण्डमा ४०२ जनाले र मासाचुसेट्समा ३८० जना नेपालीहरुले यो बर्ष ग्रिनकार्ड प्राप्त गरेको तथ्यांकमा उल्लेख छ । न्युयोर्कमा ७२७ जना नेपालीहरुले ग्रिनकार्ड प्राप्त गरेका छन् ।

ओहायोमा ५४२ जना र पेन्सिलभेनियामा ३४९ जना नेपालीहरुले आर्थिक बर्ष २०२० मा ग्रिनकार्ड प्राप्त गरेका छन् । सबैभन्दा धेरै टेक्सासमा १०९४ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेका छन् । जसमध्ये टेक्सासको डलास, फोर्टवर्थ र आर्लिंगटनमामात्र ७०३ जना नेपालीहरुले ग्रिनकार्ड प्राप्त गरेका छन् । त्यस्तै भर्जिनियामा ५४१ जना नेपालीहरुले ग्रिनकार्ड प्राप्त गरेको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा धेरै शरणार्थी ग्रिनकार्ड

आर्थिक बर्ष २०२० मा ग्रिनकार्ड पाउने नेपालीहरुमा सबैभन्दा धेरै शरणार्थीका रुपमा २७०५ जना रहेका छन् दोश्रोमा अमेरिकी नागरिकका दम्पत्ति, २१ बर्ष मुनीका छोराछोरी र बाबुआमा १७९१ जनाले ग्रिनकार्ड प्राप्त गरेका छन् । रोजगारमा आधारित ग्रिनकार्ड पाउनेहरु १७४९ र डिभीमा आधारित ग्रिनकार्ड पाउनेहरु १७४३ रहेका छन् ।

१० बर्षमा सबैभन्दा १ लाख बढी नेपालीलाई ग्रिनकार्ड

विगतको १० बर्षको तुलना गर्दा आर्थिक बर्ष २०२० मा सबैभन्दा कम नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका छन् । आर्थिक बर्ष सन् २०१९ मा १० हजार २ सय १ जना नेपालीले अमेरिकाको ग्रिनकार्ड पाएका थिए भने सन् २०१८ मा ११ हजार ९ सय ५३ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका थिए ।

आर्थिक बर्ष २०१७ मा ११ हजार ६ सय १०, आर्थिक बर्ष २०१६ मा १२ हजार ८ सय ५१ र आर्थिक बर्ष २०१५ मा १२ हजार ९ सय २६ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाए । आर्थिक बर्ष २०१४ मा १२ हजार ३ सय ५७, आर्थिक बर्ष २०१३ मा १३ हजार ४६, आथिक बर्ष २०१२ मा ११ हजार ३ सय १२ र आर्थिक बर्ष २०११ मा १० हजार १ सय ६६ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाए ।

यसरी आर्थिक बर्ष सन् २०११ देखि सन् २०२० सम्मको १० बर्षको अवधिमामात्र १ लाख २ हजार ५ सय ६९ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाइसकेका छन् । सन् १९८९ देखि सन् २००२ सम्म ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ५ हजार ७ सय ७८ रहेको छ । त्यस्तै आर्थिक बर्ष सन् २००३ देखि सन् २०१० सम्म अमेरिकाको ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ३१ हजार २२ रहेको छ ।

ग्रिनकार्ड पाउने कुल नेपाली झण्डै डेढलाख

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको यो तथ्यांक अनुशार अमेरिकामा ग्रिनकार्ड प्राप्त गर्ने नेपालीहरुको संख्या आर्थिक बर्ष १९८९ देखि २०२० सम्म १ लाख ३९ हजार ३ सय ६९ रहेको छ । १९८९ भन्दा अगाडि अमेरिकामा झण्डै २ हजार नेपालीहरुमात्र रहेका थिए । यसरी आर्थिक बर्ष २०२१ को अनुमानित तथ्यांक समेत जोड्दा अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या झण्डै डेढलाख पुगेको छ । त्यसमध्ये झण्डै ५५ हजारले अमेरिकी नागरिकता लिइसकेका छन् ।

अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ५५ हजार

अहिलेसम्म  अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ५५ हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।  कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा ४ हजार ८ सय ६ जना नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेका थिए ।

आर्थिक बर्ष सन् २०१९ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ७ हजार ४ सय ९ रहेको थियो । जसमा ३ हजार ५ सय ७७ जना महिला र ३ हजार ८ सय ३२ जना पुरुष रहेका थिए । उनीहरुमध्ये ८१० जना न्युयोर्क निवासी, १२०४ जना टेक्सास निवासी र ६०१ जना क्यालिफोर्निया निवासी रहेका थिए ।

सन् २०१८ मा अमेरिकाभर ५३५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए  । त्यतीबेला सबैभन्दा धेरै न्युयोर्क निवासी ७१८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए भने दोश्रोमा टेक्सास निवासी ५७० र तेश्रोमा क्यालिफोर्निया निवासी ५३४ जना रहेका थिए ।

त्यस्तै सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । त्यतीबेला न्युयोर्क निवासी ५६० र क्यालिफोर्निया निवासी ५२० जना रहेका थिए । सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । जसमध्ये न्युयोर्क निवासी ६२९ जना रहेका थिए भने उक्त बर्ष सबैभन्दा धेरै टेक्सास निवासी ६५५ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए ।

२०१५ सम्म कति नेपालीले लिए अमेरिकी नागरिकता ?

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।

त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com