३५ बर्ष ननाघेकालाई अमेरिकाका २५ उत्कृष्ट सहरहरु


प्रकाशित मिति : जेष्ठ २५, २०७४ बिहीबार

नर्थ क्यारोलिनाको दुर्हाम

अमेरिकाका २५ वटा उत्कृष्ट सहरहरुको सुची तयार पारिएको छ । ग्रोवेलाका अनुशार विभिन्न ६ वटा मापदण्डका आधारमा त्यो सुची तयार पारिएको हो । सुरुवाती स्तरका जागिरको उपलब्धता, यात्रा गर्दा खर्च हुने समय, सार्वजनिक यातायातको अवस्था, जवान व्यक्तिको बसोबास संख्या, कामपछि र सप्ताहन्तमा सिटीको दृश्य र पेचेक लगायतका मापदण्डका आधारमा सिटीको उत्कृटता तय गरिएको हो ।

सर्वेक्षणपछि ९० भन्दा धेरै स्कोर प्राप्त गर्ने सहरलाई पहिलो श्रेणी दिइएको हो ।

नर्थ क्यारोलिनाको दुर्हाम

अमेरिकाको सबैभन्दा उत्कृष्ट सहरमा नर्थ क्यारोलिनाको दुर्हाम परेको छ । यो सहरमा जागिरको उपलब्धता अमेरिकाका अन्य औषत सहरको तुलनामा तीनगुणा बढी रहेको छ । यातायातमा सहजतका हिसाबले पनि यो सहर अमेरिकामा अगाडि छ ।

पेन्सिलभेनियाको पिट्सबर्ग

पेन्सिलभेनियाको पिट्सबर्ग सहर पनि अमेरिकाका उत्कृष्ट सहरमा दोश्रो नम्बरमा परेको छ । जागिरको उपलब्धता, यातायातको सहजता लगायतका मापदण्डका आधारमा यो सहरलाई उत्कृष्ट सहरको श्रेणी दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टेनिसीको नेसभिल

टेनिसीको नेसभिल तेश्रो र आयोवाको डेस मोनिस चौथो उत्कृष्ट सहरको सुचीमा रहेको छ । त्यस्तै नर्थ क्यारोलिनाको शार्लोट पाँचौं, न्युयोर्कको सिराकस छैठौं, ओहियोको कोलम्बस सातौं, टेक्सासको अष्टिन आठौं, साउथ क्यारोलिनाको ग्रिनभिल नवौं उत्कृष्ट सहरमा परेका छन् । त्यस्तै टेक्सासको ह्युस्टन दशौं, न्युयोर्कको अल्बानी एघारौं, टेक्सासको डलास बाह्रौं र इन्डियानाको इन्डियानापोलिस १३ औं उत्कृष्ट सहरको सुचीमा छन् ।

ओहियोको कोलम्बस

त्यस्तै पेन्सिलभेनियाको ह्यारिसबर्ग १४ औं, अर्कान्ससको फेयटभिल १५ औं, ओहियोको सिनसिनाटी १६ औं र मोन्टानाको सेन्ट लुइस सहर १७ औं उत्कृष्ट सहरको सुचीमा छन् । टेक्सासको लबबक १८ औं, फ्लोरिडाको गेन्सभिल १९ औं र नेब्रास्काको ओमाहा २० औं उत्कृष्ट सहरको सुचीमा छन् । टेक्सासको कर्पस क्रिस्टी २१ औं नम्बरमा र नर्थ क्यारोलिनाको रालेह २२ औं नम्बरमा रहेका छन् । यी २२ औं नम्बरसम्म रहेका सिटीहरुलाई पहिलो ग्रेड दिइएको छ ।

टेक्सासको डलास

त्यस्तै ओहियोको डेटोन २३ औं, केन्टकीको लेक्जिंगटन २४ औं र टेनिसीको नक्सभिल २५ औं उत्कृष्ट सहरको सुचीमा छन् । यी तीन सहरहरुलाई भने बी ग्रेड दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com