जुम्लामा बलात्कार र यौन दुव्र्यवहारका घटना बढे


प्रकाशित मिति : पुस ३, २०७८ शनिबार

जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना क्रमशः बढ्दै गएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष नौ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् ।

अघिल्लो वर्ष बलात्कारका तीन र यौन दुव्र्यवहारका पाँच गरी आठ वटा घटना घटेका थिए । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१ मा उल्लेख गरिएका छन् ।

सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्म बलात्कारका चार र यौन दुव्र्यवहारका पाँच गरी नौ वटा घटना घटेका छन् । ती घटनाका सात जना आरोपित पूर्पक्षका लागि कारागार चलान भएका छन् भने दुई बालक सुधारगृह र एक फरार रहेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी सो अवधिमा जातीय विभेदसम्वन्धी एक, बहुविवाहका दुई, यातानापछि मृत्युका एक, अपहरणका एक, हत्याका एक र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी दुई गरी १७ घटना सङ्कलन गरिएका छन् । शिक्षा र खाद्य अधिकारसम्बन्धीका घटना पनि सङ्कलन गरिएको इन्सेक जुम्लाले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मानवअधिकार वर्ष पुस्तकको वार्षिक पूर्वसमीक्षाका कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइँले वर्ष पुस्तक प्रभावकारी हुने भएकाले बाढी पहिराले पारेको क्षतिलगायत विषयलाई समेत प्रथामिकता राख्न सुझाव दिनुभयो ।

बाढीले अन्नवालीमा परेको क्षतिका विषयमा धान बाली राहत वितरणका लागि मात्रै कार्यविधि बनेको छ । अरु अन्नवालीको विषयमा कार्यविधि नबनेकाले यसमा पनि समस्या देखिएको उहाँको भनाइ छ । यो विषयलाई थप प्रकावकारी बनाउनका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरिने सहायक प्रजिअ चौलागाइँले बताउनुभयो ।

राष्ट्रि मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख बुद्धनारायण सहनीले घटनाको पुष्टि हुने तथ्याङ्क थप बलियो बनाउन सुझाव दिदैं बढ्दो सडक दुर्घटनाका विषय पनि समेटन सकिने बताउनुभयो ।

सडक र सवारी दुर्घटनाका कारण धेरै धनजनको क्षति भएको हुन्छ । यो राज्यसँग पनि जोडिएको विषय भएकाले वर्ष पुस्तकमा समेट्दा उपयुक्त हुने उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com