काभ्रेका पाँच विद्यालयमा राष्ट्रिय सेवा दल


प्रकाशित मिति : मंसिर २६, २०७८ आईतबार

/fli6«o ;]jf bndf cfa4 ljBfyL{ bdf}nL, @& dªl;/ M /fli6«o ;]jf bndf cfa4 tgx’Fsf] Jof; gu/kflnsf–# l:yt af/fxL cfjf;Lo dfWolds ljBfnosf ljBfyL{ . /fli6«o Pstfsf] efjgf hufpg tgx’Fsf b’O{ ljBfnodf /fli6«o ;]jf bn u7g ul/Psf] 5 . t:jL/ M s[i0f Gof}kfg]÷ /f;;

‘राष्ट्रिय एकता’को भावना जगाउन काभ्रेपलाञ्चोकका पाँच विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरिएको छ । नेपाली सेनाद्वारा बालबालिकामा विद्यालयस्तरबाटै राष्ट्रिय भावना जागृत गर्न, अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले यस्तो दल गठन गरिएको हो ।

प्राकृतिक प्रकोपलगायतका विपद्् भइरहने र जनधनको क्षति हुने गरेका कारण स्थानीयस्तरमै जनशक्ति तयार गर्ने उद्देश्यले ऐनमा भएको व्यवस्थाअनुसार दल गठन तथा कार्यान्वयन सुरु गरिएको जनाइएको छ । साथै दलमा आवद्ध विद्यार्थीलाई एल्मुनाई एशोसिएशनमार्फत सक्रिय गराई सामाजिक कार्यमा समेत उत्प्रेरणा जगाउने अभिप्रायले दल गठन गरिएको हो ।

बनेपा नगरको नाइटिङ्गेल एकेडेमी, पनौतीको एसओएस बालग्राम र अरुणोदय माध्यमिक विद्यालय, पाँचखालको गोल्डेन फ्युचर मावि, नमोबुद्धको जनक माविमा राष्ट्रिय सेवा दल गठन गरिएको नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलले जनाएको छ । गणका अनुसार यो साता जनक, एसओएस र गोल्डेनमा सिनियर तथा नाइटिङ्गेल र अरुणोदयमा जुनियर डिभिजन गठन गरिएको हो ।

गणपति प्रमुख सेनानी मिलन थापाका अनुसार सिनियर डिभजनमा कक्षा ११ र १२ तथा जुनियर डिभिजनमा कक्षा ८, ९ र १० का विद्यार्थी सहभागी भएका छन् । उहाँले उउटा विद्यालयमा १८ छात्रा र १८ छात्रको डिभिजन तयार गरिएको बताउनुभयो । विशेषगरी स्थानीयस्तरमा हुने विभिन्न खालका विपद्मा खोज तथा उद्धारका लागि राष्ट्रिय सेवा दलमा विद्यार्थीलाई आबद्ध गराएको जनाइएको छ । “विपद्मा सक्रिय बनाउन दलमा आबद्ध विद्यार्थीलाई तालिम दिइन्छ”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गणले दलमा आबद्धपूर्व विद्यार्थी र उनका अभिभावकलाई उद्देश्यबारे जानकारी गराउने गर्दछ । साथै विद्यार्थीको रुचि, उचाइ, तौल तथा शारीरिक स्वस्थतालगायत मापदण्डका आधारमा छनोट गरिएको जनाइएको छ । विद्यार्थीको अतिरिक्त समयमा सेनाको टोलीले विपद्मा खोज तथा उद्धारसम्बन्धी तालिम प्रदान गर्नेछ । सेनाले नै पोशाकलगायतका आवश्यक सामग्री उपलब्ध गराई तीनमहिने तालिम दिने योजना बनाएको गणले जनायो ।

तालिमपश्चातको ‘क्लोज क्याम्प’बाट उत्कृष्ट भएकालाई सेनाले विभिन्न देशमा अध्ययन भ्रमणका लागि पठाउने गरेको छ । राष्ट्रिय सेवा दलमा आबद्ध विद्यार्थीमा राष्ट्र निर्माणमा जिम्मेवार बन्ने, समूहको नेतृत्व गर्न सक्ने क्षमताको विकास हुने, इतिहास तथा राष्ट्रियताप्रति बफादारितासँगै रक्षार्थ सहयोग पुग्ने अपेक्षा गरिएको छ । तस्विर : तनहुँको विद्यालयमा गठन भएको राष्ट्रिय सेवा दलको 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com