सभापतिमा निर्वाचित भए तीनै तहमा पार्टीलाई बहुमत दिलाउँछु : देउवा


प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार

????????, ?? ?????? ?????? ?????????? ???? ????????? ???????? ???? ???????????? ???? ???? ?????????? ?????? ?????? ???? ????? ?????????? ????? ???? ????????? ???????? ?????? ??? ????????????? ????????? ????? ? ?????? ? ????????? ???? , ????

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफूले सभापतिको उम्मेदवारी दिएको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले मुलुकमा आफ्नो नेतृत्वमा आगामी निर्वाचनमा जादा पक्कै पार्टीको बहुमत आउने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “सभापतिको निर्वाचनमा पहिलो चरणमा नै विजयी हुनेछु ।”

यसैगरी सभापति पदमा उम्मेदवारी दिएपछि ट्वीट गर्दै उहाँले भन्नुभएको छ – ‘कांग्रेसलाई बलियो बनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने मेरो एउटै लक्ष्य छ । यो लक्ष्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।’

सभापतिका प्रत्यासी डा शेखर कोइरालाले सङ्घीय संसद् नचलेको, न्यायपालिकाको अवस्था राम्रो नरहेको तथा मुलुकको आर्थिक अवस्था पनि बेहाल रहेकाले आफ्नो नेतृत्वमा बनेको समूहले देशको परिस्थिति र पार्टी भित्रको अवस्थालाई सुधार गर्न नयाँ सोच र विचारका साथ कार्यक्रम लिएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पाकाहरूका होस् र युवाका जोसका आधारमा नेपाली कांग्रेसलाई अघि बढाउछौँ ।” सभापतिका अर्का प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले अवधारणामार्फत सभापतिमा आफ्नो उम्मेदवारी किन भन्ने यसअघि नै जानकारी गराइसकेको बताउनुभयो । “देशभरकै महाधिवेशन प्रतिनिधिले तपाईँले महामन्त्री र उपसभापति भएर इतिहास रचिसक्नुभएको छ । यसपटक स्वभाविक सभापतिको उम्मेदवार हुनुपर्छ भनेकाले उम्मेदवारी दिएको हुँ”, उहाँले भन्नुभयो ।

नेता सिंहले पार्टीलाई नियम र विधि सङ्गत तथा संस्थागत र सुदृढीकरण गरिने बताउनुभयो । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूले पार्टी सभापति देउवा र उहाँको टिमलाई सहयोग र समर्थन रहेको जानकारी दिनुभयो । उहाँले पदभन्दा बाहिर रहेर पनि कांग्रेसलाई सहयोग गर्न सकिन्छ भन्ने मान्यता अनुरुप उम्मेदवारी नदिएको बताउँदै कांग्रेसमार्फत सेवा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनमा सहमतिका आधारमा अघि बढाउने सम्भावनाका लागि प्रयत्न गरिएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस एउटा ऐतिहासिक पार्टी हो । निर्वाचनमार्फत हामीले अहिले आन्तरिक लोकतन्त्रको प्रतिस्पर्धालाई उदाहरणीय र ऐतिहासिक बनाउनेछौँ ।” नेता कार्कीले मतदाताले अहिलेको अवस्थामा कस्तो कांग्रेस चाहन्छन् तथा कांग्रेस निर्माण गर्नका निमित्त कस्ता व्यक्तित्वहरू आवश्यक हुन्छ विवेकपूर्ण र समझदारीका आधारमा नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री देउवालाई पुनःपार्टी सभापतिमा निरन्तरता दिने अभियानमा आफूहरू रहेको प्रतिक्रिया दिनुभयो । उपसभापतिका प्रत्यासी सुजाता कोइरालाले राजनीति विचार र सिद्धान्तका आधारमा अघि बढ्ने भएकाले महिलाको नेतृत्व स्थापित गर्ने सन्दर्भमा आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com