ट्रम्प कार्यकालका ३ महिनामा ३७ नेपाली डिपोर्ट


प्रकाशित मिति : जेष्ठ २५, २०७४ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भइसकेपछिका ३ महिनाको अवधिमामात्र ३७ नेपालीले अमेरिकी अदालतबाट देशनिकालाको आदेश पाएका छन् । फरबरी, मार्च र अप्रिलमा ३७ नेपालीहरुले देशनिकालाको आदेश पाएको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले देखाएको छ ।

फरबरीमा ८, मार्चमा २०, अप्रिलमा ९ जना नेपालीहरुले देशनिकालाको आदेश पाए । त्यो अगाडि अक्टोबरदेखि जनवरीसम्म २३ जना नेपालीहरुले अमेरिकी अदालतबाट देशनिकालाको आदेश पाएका थिए । यसरी आर्थिक बर्ष २०१७ को ७ महिनामा ६० जना नेपालीहरुले अमेरिकी अदालतबाट देशनिकालाको आदेश पाएका छन् ।

त्यसमध्ये सबैभन्दा धेरै २१ जनाले न्युयोर्कको अदालतबाट देशनिकालाको आदेश पाएका छन् भने क्यालिफोर्नियाको अदालतबाट १० जनाले देशनिकालाको आदेश पाएका छन् । त्यस्तै जर्जियाबाट ५, टेक्सासबाट ४, न्युजर्सीबाट ४, मिसिगनबाट ३ जनाले देशनिकालाको आदेश पाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com