शेयर धनीलाई बोनस होइन, विद्युतीय चुल्हो बाडौँ : ऊर्जामन्त्री


प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार

sf7df8f}F, * ebf} -/f;;_ M ljB’tLo r’Nxf] ljt/0fdf l3l;ª sfe|knfGRff]s lhNnfsf] t]dfn ufFpkflnsfdf ljB’tLo r’Nxf] ljt/0f sfo{qmddf ;xefuL x’Fb} g]kfn ljB’t k|flws/0fsf sfo{sf/L lgb]{zs s”ndfg l3l;ª . :yfgLo ;fd’bflos ;+:yfsf] kxndf :yfgLoaf;LnfO{ ljB’tLo r’Nxf] zlgaf/ ljt/0f ul/Psf] xf] . t:jL/ ;f}hGo M g]kfn ljB’t k|flws/0f

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताउनुभएको छ । ललितपुरमा एक सहकारीले आयोजना गरेको कार्यक्रममा बोल्दै, उहाँले सहकारीका सम्पूर्ण शेयर सदस्यले विद्युतीय चुल्होको प्रयोग गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

“सहकारीले वितरण गर्ने लाभांश वा मासिक किस्ताबन्दीबाट सम्पूर्ण शेयर सदस्यलाई विद्युतीय चुल्हो खरिद गरेर दिनुहोला”, उहाँले भन्नुभयो, “राष्ट्रिय अर्थतन्त्रको विकासमा सहकारीले आफ्नो पूँजी यसतर्फ लगाउनुपर्छ ।” साधारणसभामा शेयर सदस्यलाई विद्युतीय चुल्हो वितरण गर्ने प्रस्ताव पेश हुने र उक्त प्रस्ताव परित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“एलपी ग्यासको पैसा डलरमा तिर्नुपर्छ, नेपालमै उत्पादित बिजुलीको प्रचुर प्रयोग गर्नुपर्छ, यसले देशभक्तिको पनि पहिचान दिन्छ”, उहाँले भन्नुभयो, “नेपालको बिजुली सस्तो छ, हाम्रो देशको पैसा हाम्रै देशमा रहन्छ । यसबाट मुलुकको आर्थिक गतिविधिमा नयाँपन आउँछ ।”

एलपी ग्यासको तुलनामा विद्युतीय चुल्होबाट खाना पकाउन लागत कम पर्ने विभिन्न अध्ययनले देखाएका छन् । पेट्रोलियम पदार्थको आयातका कारण मुलुकको अर्थतन्त्रमा नाकारात्मक प्रभाव परेको छ । जनतालाई राहत दिन सरकारले विद्युत्को महसुल घटाएको जानकारी दिँदै उहाँले विद्युतीय उपकरणको प्रयोगमा बढवा दिन उपभोक्तासमक्ष आग्रह गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले यही मङ्सिर १ गतेदेखि लागू हुनेगरी विद्युत्को महसुल घटाएको छ । त्यस्तै विद्युतीय सवारीको आयातमा पनि भन्सार महसुल घटाइएको छ । “नेपाल आयल निगमले एलपी ग्यासमा रु ७५८ नोक्सान व्यहोरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकोबढै छ”, मन्त्री भुसालले भन्नुभयो, “ग्यासको मूल्य जति बढ्छ, बढ्न दिउँ, हामीले हाम्रो ठाउँबाट सिलिण्डर विस्थापित गरेर विद्युतीय चुल्हो भित्र्याउँ ।”

निमगले पेट्रोलियम पदार्थको कारोबारबाट मासिक रु चार अर्ब बढी नोक्सानी व्यहोर्दै आएको छ । एलपी ग्यासमा मात्रै निगमले मासिक साढे दुई अर्ब बढी नोक्सानी व्यहोरेको छ । पेट्रोलियम सवारी साधनको सट्टा विद्युतीय सवारी खरिद गर्न पनि आग्रह गर्नुभयो । फाइल /फोटो

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com