कांग्रेस १४ औँ महाधिवेशन : मनोनयन दर्ता आज, सभापतिमा उम्मेदवारी दिन ३० हजार ,केन्द्रीय सदस्यमा १० हजार शुल्क
प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार
gfrufg;lxt sfo{qmd :yn hfFb} sfo{stf{ sf7df8f}F, @# dlª;/ M g]kfnL sfFu|];sf] !$ cf}F dxflwj]xgdf gfrufg;lxt sfo{qmd :yn hfFb} sfo{stf{ . t:jL/ M rGsnf If]qL÷/f;;
नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ । यस्तै उपसभापति र महामन्त्री पदमा २५–२५ हजार तथा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन १० हजार शुल्क तोकिएको छ ।
यसैगरी सहमहामन्त्री पदका उम्मेदवारले २० हजार तिर्नुपर्नेछ । निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयन दर्ताअघि नै बैंक खातामा रकम जम्मा गर्नुपर्नेछ ।
रकम जम्मा गर्नका लागि समितिले प्रभु बैंकको खाता उपलब्ध गराएको छ । काँग्रेसको सभापतिसहित १३४ पदमा सोमबार मतदान हुँदैछ भने आज मनोनयन दर्ता हुँदैछ ।
आज बिहान १० बजेदेखि मनोनयन दर्ताका लागि समय तय भएको छ भने आवश्यक सबै प्रक्रिया पुरा गरेर २७ गते बिहान ८ बजेदेखि मतदान हुनेछ । काँग्रेसको महाधिवेशन अन्तरगत शुक्रबार उद्घाटन सत्र भएर बन्दसत्र पनि सम्पन्न भइसकेको छ।
निर्वाचनबाट काँग्रेसमा १३४ जनाको पदाधिकारीसहितको केन्द्रीय कमिटी चयन हुनेछ । कांग्रेसमा पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति १५, खस आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।






