ओमिक्रोन भेरियन्टविरुद्ध अहिले लगाइरहेका भ्याक्सिनले काम गर्ने : विश्व स्वास्थ्य संगठन


प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक अधिकारीले संसारमा यतिबेला लगाइँदै गरेको कोरोनाको भ्याक्सिन कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएको छ । डब्ल्यूएचओको बयान त्यतिबेला आएको हो जब दक्षिण अफ्रिकाको एउटा प्रयोगशालामा परीक्षणपश्चात् ओमिक्रोनमाथि फाइजर खोपको आंशिक असर मात्रै देखिएको रिपोर्ट सार्वजनिक भएको छ ।

तर डब्ल्यूएचओका डाक्टर माइक रयानले ओमिक्रोन भेरियन्टमाथि भ्याक्सिनको असर अन्य भेरियन्टको तुलनामा कम हुनेछ भनेर कुनै संकेत नभएको बताएका छन् । डाक्टर रयानले समाचार एजेन्सी एएफपीलाई भने, ‘हामीसँग धेरै नै प्रभावकारी खोप छन् जुन गम्भीर रोग र अस्पतालमा भर्ना हुनुको मामिलामा हालसम्म सबै भेरियन्टविरुद्ध प्रभावकारी प्रमाणित भएको छ ।  ओमिक्रोनमाथि यसको असर कम छ भनेर सोच्नुको कारण कुनै पनि छैन ।’ ‘१२ जनाको रगत परीक्षणको आधारमा गरिएको परिणाममा ओमिक्रोनको खतरा रिपोर्ट सार्वजनिक भएको छ ।

अमेरिकामा वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीका अनुसार प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोन निकै सङ्क्रामक हुनसक्ने तर यसले मानिसहरूलाई तुलनात्मक रूपमा धेरै गम्भीर अवस्थामा भने नपुर्‍याएको देखिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com