अमेरिकनहरुलाई जोर्डन, पोर्चुगल र फ्रान्सको यात्रा नगर्न सुझाव, फ्रान्समा आतंकवादी हमलाको खतरा


प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार

अमेरिकनहरुलाई जोर्डन, पोर्चुगल र फ्रान्स लगायतका देशको यात्रा नगर्नको सीडीसीले सुझाव दिएको छ । ती देशका सिमाभित्र कोरोनाको जोखिम अत्यन्तै उच्च बिन्दुमा पुगेको भन्दै अमेरिकन सीडीसीले आफ्ना देशका नागरिकलाई देश देशहरुमा यात्रा नगर्न सुझाव दिएको हो ।

सीडीसीले सोमबार तान्जानिया, लिकटेस्टिन, साइप्रस र अण्डोलाई समेत सबैभन्दा उच्च जोखिमयुक्त चौथो श्रेणीमा राख्दै अमेरिकनहरुलाई ती देशहरुमा नजान सुझाव दिएको छ । यद्यपी कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेकाहरुलाई भने कोरोना संक्रमण हुने र सिकिस्त भएर अस्पताल भर्ना हुने सम्भावना कम हुने सीडीसीको भनाई छ ।

फ्रान्समा बयस्कहरुमा कोरोना संक्रमणदर बढेको रिपोर्ट आएपछि अमेरिकाले फ्रान्स नजान भनेको हो । फ्रान्सले सोमबार ४ साताका लागि रात्रीक्लबहरु बन्द गर्ने घोषणा गरिसकेको छ । प्राथमिक विद्यालयहरुमा मास्क अनिवार्य लगायतका नियमहरुमा पनि कडाई गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच अमेरिकी विदेश मन्त्रालयले पनि फ्रान्सबाट आवतजावतमा पनि कडाई गर्नसकिने सम्भावना रहेको बताएको छ । त्यस्तै फ्रान्समा आतंकवादी हमलाको जोखिम रहेको भन्दै सप्ताहन्तमा पेरिस र अन्य शहरहरुमा नजान अमेरिकनहरुलाई सुझाव दिइएको छ । फ्रान्समा भएका प्रदर्शनहरु जारी रहेको र आगामी केहीसाता जारी हुने देखिएको यात्रा सुझावमा उल्लेख गरिएको छ ।

आतंकवादीहरुले थोरै वा कुनै चेतावनी विना नै आक्रमण गर्नसक्ने तथा खासगरी पर्यटकीय स्थलहरु, सार्वजनिक यातायातका हबहरु, मलहरु, स्थानीय सरकारी भवनहरु, होटल, क्लब, रेष्टुरेण्टहरु लगायतका स्थानमा हमला गर्नसक्ने भएकाले त्यस्ता स्थानहरुमा नजान अमेरिकी विदेशमन्त्रालयबाट जारी यात्रा सुझावमा भनिएको छ । अमेरिकाले जोर्डनमा पनि आतंकवादी हमला हुनसक्ने भन्दै अमेरिकनहरुलाई यात्रा नगर्न सुझाव दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com