अमेरिकी सिमामा एसाइलम खोज्नेलाई आजदेखि मेक्सिको फिर्ता पठाउन सुरु, बाइडेन प्रशासन बाध्य


प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार

अमेरिकी सिमा क्षेत्रमा आएर एसाइलम खोज्नेलाई बाइडेन प्रशासनले मेक्सिको फिर्ता पठाउन सुरु गरेको छ । अदालतको आदेशपछि सिमाक्षेत्रमा विना भिसा आएर एसाइलम खोज्नेलाई मेक्सिको फिर्ता पठाउने ट्रम्पकालिन नीति बाइडेन प्रशासनले पनि बाध्य भएर लागु गर्न सुरु गरेको छ ।

बाइडेन प्रशासनले गत बिहिबार ट्रम्पकालिन उक्त नीति कार्यान्वयन गर्ने योजना सार्वजनिक अनुरुप सोमबारदेखि मेक्सिको फिर्ता पठाउन सुरु गरेको छ । यद्यपी बाइडेन प्रशासनले अदालतको आदेशविरुद्ध पुनरावेदन गर्ने समेत जनाएको छ ।

बाइडेन प्रशासनले सोमबारदेखि पहिलो आप्रवासीहरुको समुहलाई टेक्सासको एल पासोबाट मेक्सिकोको सिउडाड वारेजमा पठाउने तय गरिसकेको छ । हरेक दिन अधिकतम ५० जनाका दरले एल पासोबाट आप्रवासीहरुलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाइने तय भएको छ । एल पासोबाट विस्तार गरेर यो नीति क्यालिफोर्नियाको सान डिएगो र क्यालेक्सिकोसहित ७ वटा सिमाक्षेत्रमा लागु गरिनेछ ।

मेक्सिकोसँगको वार्ता र सहमतिपछि बाइडेन प्रशासनले विना भिसा अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम खोज्ने निश्चित गैर नागरिक आप्रवासीहरुलाई अदालती प्रकृयासम्मका लागि प्रतिक्षा गर्न मेक्सिको फिर्ता पठाउने नीति लागु गर्न सुरु गरेको हो । ट्रम्प प्रशासनका पालामा यो नीति अन्तरगत झण्डै ७० हजार आप्रवासीहरुलाई अदालती प्रकृयासम्म प्रतिक्षा गर्नका लागि मेक्सिको फिर्ता पठाइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेन प्रशासनले बाध्य भएर यो नीति लागु गर्ने भएतापनि एसाइलम खोज्नेहरुलाई मेक्सिकोमा प्रतिक्षा गरुन्जेल आवासीय सुविधाका लागि समन्वयमा सहयोग गर्ने जनाएको छ । सुरक्षित आवासको सुनिश्चित गर्न डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटसँग मिलेर काम गर्ने जनाएको छ ।

त्यस्तै अमेरिकाले अदालती सुनुवाईका लागि मेक्सिकोमा प्रतिक्षा गरेर अमेरिका आउने आप्रवासीहरुलाई पोर्ट अफ इन्ट्रीबाट यातायातको सुविधा समेत उपलब्ध गराउने जनाएको छ । यो नीति अन्तरगत बाइडेन प्रशासनले एसाइलम खोज्नेलाई मानवीय व्यवहार गरेर मेक्सिकोमा रहुन्जेलपनि सुरक्षित आवासका लागि सहयोग गर्ने बताएपनि अमेरिका आउनमा रोक लगाउने सन्दर्भमा पनि नीतिको कार्यान्वयन ट्रम्पकै पालामा जस्तो हुनेछ ।

विना भिसा सिमाक्षेत्रबाट आएर अमेरिकामा एसाइलम दावी गर्नेहरु सिधै अमेरिका आएर अध्यागमन अदालतको मुद्दाको प्रतिक्षा गर्न पाउनेछैनन् । उनीहरुले अमेरिकामो लामो अध्यागमन प्रकृया मेक्सिकोमा नै बसेर प्रतिक्षा गर्नुपर्नेछ । गत अगस्तमा सर्वोच्च अदालतले टेक्सास र मिजौरीको अदालतको आदेशलाई नै समर्थन गर्दै मेक्सिको फिर्ता पठाउने नीति कार्यान्वयन गर्न बाइडेन प्रशासनलाई आदेश दिएको थियो ।

बाइडेन प्रशासनले यो नीति जो बाइडेनले राष्ट्रपतिमा सपथ लिएको भोलिपल्ट नै खारेज गरेको थियो । तर अदालतको आदेशका कारण ट्रम्पकालिन नीति हटाउने बाइडेन प्रशासनको कदम असफल भएको छ । एसाइलमका मुद्दाको ६ महिनाभित्र अदालती सुनुवाई गर्नेगरी काम गर्ने र तीब्रता दिनका लागि सिमाक्षेत्रमा अस्थायी अदालत संचालन गर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

मेक्सिकोले बृद्धबृद्धाहरु, स्वास्थ्य समस्या भएकाहरु र लैंगिक अल्पसंख्यक लगायतलाई यो कार्यक्रममा छुट दिइनुपर्ने बताउदै आएको छ । सीबीपीका एजेन्टहरूले अब सक्रिय रूपमा सबै आप्रवासीहरूलाई उनीहरूलाई मेक्सिको फर्कने डर भए नभएको सोध्नेछन् । साथै क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गर्नका लागि ट्रम्प प्रशासनको पालाको भन्दा नरम मापदण्ड बनाइनेछ ।

एसाइलम दावी गर्नेहरुलाई वकिल लिने समय उपलब्ध गराइनेछ भने निशुल्क फोनकल लगायतका सुविधा पनि उपलब्ध गराइनेछ । अमेरिकाले मेक्सिको फिर्ता पठाइने एमपीपी नीति अन्तरगत दर्ता हुनेलाई निशुल्क कोरोनाबिरुद्धको भ्याक्सिन समेत उपलब्ध गराउने भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com