राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान


प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले यही मङ्सिर २८ गते मङ्गलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको बैठक आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल सरकारको यही मङसिर १६ गतेको निर्णय र सिफारिसबमोजिम नेपालको संविधानको धारा ९३ को १ बमोजिम बैठक आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com