नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु, ३१५ संक्रमित थपिए


प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार

देशभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ४०३ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षणपछि भएका सङ्क्रमितको सङ्ख्या आठ लाख २१ हजार ९४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५४६ पुगेको छ । पछिल्लो समय थप २७३ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख २०१ पुगेको छ ।   निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा कोरोनाबाट थप छ जनाको मृत्यु भएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४५ रहेको छ । हाल होमआइसोलेशनमा छ हजार ७१५, संस्थागत आइसोलेशनमा ३३०, आइसीयूमा ११० र भेन्टिलेटरमा ३८ जनाको उपचार हुँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com