राप्रपाको एकता महाधिवेशन काठमाडौंमा सुरु,अध्यक्षका लागि थापा र लिङ्देनको उम्मेदवारी घोषणा


प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार

sf7df8f}F, !% dªl;/ . /fli6«o k|hftGq kf6L{ -/fk|kf_sf] a’waf/ ePsf] Pstf dxflwj]zgdf dGtJo /fVg’x’Fb} cWoIf sdn yfkf . tl:a/ M /Tg >]i7, /f;; .

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेताहरुले फेरि दल नफुट्ने गरी एकताबद्ध बनाएर अघि बढ्न एकता महाधिवेशन आयोजना गरिएकामा जोड दिनुभएको छ । पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष पशुपतिशम्शेर जबराले दललाई एकताबद्ध बनाइराख्न आफू अध्यक्षको उम्मेदवार नहुने निर्णयमा पुगेको जानकारी दिनुभयो ।

“मैले जितेपछि पार्टी फुट्यो भने तीतो अनुभव हुन्छ, यसैले अध्यक्ष पदमा उम्मेदवार बन्दिनँ, अध्यक्ष दाबेदार मित्र कमल थापा र राजेन्द्र लिङ्देनलाई पनि सर्वसम्मतरूपमा अध्यक्ष निर्वाचित गरेर एकताको सन्देश दिन आह्वान गर्छु, सम्भव भएन भने प्रजातान्त्रिक प्रक्रियाबाट आउने परिणामलाई सबैले मान्नुपर्छ”, उहाँले भन्नुभयो ।

पार्टीका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले दलमा एकता महाधिवेशनले फुटको अन्त्य भई एकताबद्ध भएर अघि जाने वातावरण बन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । “नेपाललाई एकताको सूत्रमा बाँध्न पृथ्वीनारायण शाहका दिव्योपदेशको बाटो अर्थात् पृथ्वीपथ चाहिन्छ, पृथ्वीनारायण शाहले धर्मप्रचारका माध्यमबाट नेपालमा अनेकता ल्याउन खोज्ने पोर्चुगिज पादरीलाई फिर्ता गर्नुभएको थियो, विभिन्न नाममा आउने विदेशीले नेपालमा अनेकता फैल्याउन काम गरेका छन्”, उहाँले भन्नुभयो ।

नेपालमा राजनीतिक विकासमात्र भई विकासका लागि राजनीति नभएकाले यसतर्फ सबै दलले चिन्तन गर्नुपर्ने पूर्वमन्त्रीसमेत रहनुभएका अध्यक्ष लोहनीको भनाइ थियो । नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गरी धार्मिक पर्यटन प्रवद्र्धनका माध्यमबाट अर्थतन्त्रको विकासमा योगदान गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्रय अध्यक्षमध्येका एक कमल थापाले दलको यो अन्तिम एकता महाधिवेशन हुने बताउँदै यसका लागि तीनै जना अध्यक्षले पार्टी फुट्न नदिने सङ्कल्प गरेको सुनाउनुभयो । पार्टी नटुक्र्याउन तीनै जना अध्यक्षले गीता छोएर कसम खाएको अध्यक्ष थापाले महाधिवेशन उद्घाटन समारोहमा जानकारी गराउनुभयो । देशलाई अहिले पनि विसं २०३३ मा बिपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

“नेपाली पहिचानको रक्षा हुने प्रजातन्त्रको आवश्यकता छ, प्रजातान्त्रिक मूल्यमान्यता कमजोर हुँदै गएको छ, सबै नेपाली अटाउने मौलिक प्रजातन्त्रको आवश्यकता छ, विदेशीको हस्तक्षेप बढ्दै गएको छ, राज्यका अङ्ग कमजोर हुँदै गएका छन, धर्म निरपेक्षताका नाममा सनातन धर्म, संस्कृतिमाथि आक्रमण भएको छ”, अध्यक्ष थापाले भन्नुभयो ।

पार्टीका संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले अन्यायले न्यायलाई छोप्ने प्रवृत्ति बढ्दै जाँदा जनता असन्तुष्ट भएकाले न्यायपूर्ण समाज निर्माण गर्ने गरी राप्रपाले प्रस्ताव पारित गर्न सुझाव दिनुभयो । देश र जनताका लागि हिन्दू राष्ट्र र राजसंस्था आवश्यक रहेको उहाँको भनाइ थियो ।

राप्रपाका तर्फबाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा जनता हुँदा पनि पार्टी राष्ट्रिय दल बन्न नसक्नुमा नेतृत्वको कमजोरी रहेको बताउनुभयो । राप्रपालाई राष्ट्रिय दलका रूपमा स्थापित गर्न कार्यकारिणी फेरिनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य रीना गुरुङले सङ्घीयता र गणतन्त्र शरीरको एपेण्डिक्स जस्तै बनेको भन्दै विदेशीको खेलमैदान हुनबाट देशलाई बचाउन सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । राप्रपा महामन्त्री भाष्कर भद्रा, बारा जिल्ला अध्यक्ष गिरीधारीप्रसाद चौधरीलगायतले सनातन हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सो अवसरमा पूर्वगृहमन्त्री निरञ्जन थापा र पार्टी नेता डा गोविन्दराज खनियाँले लेख्नुभएको पार्टी एवं त्यसमा आफूहरुको योगदानका विषयमा लेखिएका पुस्तक अध्यक्षत्रयले विमोचन गर्नुभएको थियो । हिन्दू राष्ट्रको मुद्दालाई प्रमुखरूपमा उठाउँदै आएको पार्टीको एकता महाधिवेशन नेपाल वेद विद्याश्रमका बटुकद्वारा स्वस्ति वाचन गरी सुरु भएको थियो । तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । उद्घाटनपछि आजै बेलुकी बन्दसत्र सुरु हुने जानकारी दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com