कांग्रेसको ५७ जिल्लामा अधिवेशन सकियो,संस्थापन समूहबाट २९ अन्यबाट २८ जना सभापतिमा निर्वाचित


प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हालसम्म ५६ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । सम्पन्न भएका जिल्ला मध्येबाट हालसम्म संस्थापन पक्षमाा २९ जिल्ला, संस्थापन पक्ष इतर पक्षका २६ र सिटौँला पक्षमा २ जना सभापति चुनिएका छन् ।

अन्य केही जिल्लामा समेत धमाधम नेतृत्व चयनको प्रक्रिया जारी छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ७७ मध्ये ५७ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ । केही जिल्लामा भने सर्वसम्मत रुपमा नेतृत्व चुनिएका छन् ।

हाल सम्मको परिणाम अनुसार संस्थापन समूहबाट गजेन्द्रप्रसाद तुम्याहाङ (ताप्लेजुङ) मोहनविक्रम सिंह (हुम्ला) पूर्णबहादुर तामाङ (कान्छाराम) (रामेछाप), ऐनबहादुर शाही (मुगु) खडक बोहरा (बझाङ) खमबहादुर गर्बुजा (म्याग्दी) शंकर गुरुङ (मनाङ), केशरबहादुर विष्ट (सल्यान) दीपेन्द्र शाही (डोल्पा) भीमबहादुर साउद, (डडेल्धुरा), कर्णबहादु शाही (जुम्ला), बेदराज सिंह (जाजरकोट) रुपनारायण जवेगु (पाँचथर)बाट विजयी भएका छन् ।

त्यस्तै, डा.टकबहादुर गुरुङ (लमजुङ) नरेन्द्रबहादुर सिंह (डोटी), तेजेन्द्र खनाल (ओखलढुंगा), युवराज जोशी (पर्वत), किशोरदत्त बराल (कास्की),डम्बर खड्का (इलाम), रामकृण खाण (रुपन्देही), प्रेमप्रकाश वली (रुकुम पश्चिम) जितेन्द्र श्रेष्ठ, (ललितपुर), तीर्थ लामा (काभ्रे), पदम बोगटी (कञ्चनपुर), खड्क पोखरेल (सुर्खेत), जीतप्रकाश आले (तनहुँ), हिमाल कार्की (उदयपुर), दुर्लभ थापा (भक्तपुर), अरुण प्रकाश सिंह राठौर (बर्दिया) बाट सभापतिमा निर्वाचित भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संस्थापनइतर समूहबाट दीपक खड्का (संखुवासभा), अम्मबहादुर शाही (कालीकोट), बर्मा लामा (दोलखा देउवा) रोमीगौचन (मुस्ताङ), शंकर डाँगी (दाङ), नन्दप्रसाद न्यौपाने (गोरखा),रामसिंह रावल (बाजुरा) केशव श्रेष्ठ (अर्घाखाँची), विष्णुकुमार गिरी (प्यूठान), चतुरबहादुर चन्द (बैतडी) विनोद बान्तवा (भोजपुर), अर्जुनबहादुर तुम्बाहाङ्फे (तेह्रथुम), जिल्ला सभापति चुनिएका छन् ।

त्यस्तै, किशोर आचार्य (रोल्पा), विष्णुकुमार राई (खोटाङ), ललितसिंह बोहरा (दार्चुला), राजु थापा (स्याङ्जा), हिमालदत्त श्रेष्ठ (पाल्पा), अर्जुनकुमार पोखरेल (पश्चिम नवलपरासी) मणिराम रेग्मी (दैलेख), अब्दुलकलाम (कपिलबस्तु), केदार भण्डारी (सुनसरी), रमेश महत (नुवाकोट), कृष्ण बानियाँ सबुज (काठमाडौं), रामनाथ अधिकारी (धादिङ), खिलध्वजपन्थी ( गुल्मी), केशरमान रोका (रुकुमपूर्व) बाट सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै कृष्णप्रसाद सिटौला समूहबाट देउमान थेवे (झापा), जित शेरचन (बाग्लुङ) सभापति चयन भएका हुन्

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com