नेपाली लगायतका टीपीएसवाहकले अब वर्क परमिट र रि-रजिष्ट्रेशन आवेदन अनलाइनबाटै दिनसक्ने


प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार

नेपाली लगायतका टीपीएसवाहकले अब वर्क परमिटको आवेदन अनलाइनबाटै दिनसक्ने भएका छन् । सबै टीपीएस आवेदकहरुले टीपीएस आवेदन आई ८२१ र वर्क परमिटको आवेदन आई ७६५ आवेदन अनलाइनबाटै दिनसक्ने युएससीआईएसले जनाएको छ ।

अहिले टीपीएसको दर्जा प्रदान गरिएका योग्य देशका आवेदकहरु नोभेम्बर २९ सम्म टीपीएस र वर्क परमिटका लागि अनलाइनबाटै आवेदन दिन योग्य छन् । अहिलेसम्म बर्मा, एल साल्भाडोर, हैटी, होण्डुरस, नेपाल, निकारागुवा, सोमालिया, साउथ सुडान, सुडान, सिरिया, भेनेजुएला, यमनलाई अमेरिकाले टीपीएसको दर्जा प्रदान गरेको छ ।

पहिलोपटक टीपीएसका लागि आवेदन दिनेहरु र रि रजिस्ट्रेशन गर्नेहरु अनलाइन आवेदनका लागि योग्य हुनेछन् । आवेदकहरुले टीपीएस आवेदन आई ८२१ का साथमा वर्क परमिटको आवेदन आई ७६५ आवेदन दिनसक्नेछन् । वर्क परमिटको आवेदन आई ७६५ आवेदन पछि अलग्गै पनि पेश गर्न सकिनेछ । तर एकैपटक आवेदन दिंदा छिटो वर्क परमिट प्राप्त हुने युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनलाइनबाट आवेदन दिनका लागि युएससीआईएसको माइ युएससीआईएस पेजमा गएर अनलाइन एकाउन्ट बनाउनुपर्छ । अनलाइनबाट आवेदन दिंदा सहज र युएससीआईएससँग इनबक्समार्फत सम्पर्क गर्न सकिन्छ । यसभन्दा अगाडि निश्चित देशका आवेदकलाईमात्र टीपीएस आवेदन आई ८२१ अनलाइनमार्फत फाइल गर्नसक्ने सुविधा रहेको थियो ।

कागजी रुपमा टीपीएस आवेदन आई ८२१ र वर्क परमिटको आवेदन आई ७६५ पेश गरेकाहरुले पनि अनलाइन एकाउन्ट बनाएर आफ्नो आवेदन ट्रयाक गर्न सक्नेछन् ।

नेपाल लगायतको टीपीएसको अवधि सन् २०२२ को डिसेम्बर ३१ सम्मका लागि कायम छ । नेपालसहित होण्डुरस, एल साल्भाडोर, निकारागुवा र सुडानको टीपीएसको अवधि १५ महिना थप गरेर डिसेम्बर ३१ सम्म बनाइएको थियो ।

नेपालीका टीपीएसको कागजातको अवधि स्वत सन् २०२२ को डिसेम्बर ३१ सम्म कायम छन् । टीपीएसवाहकले त्यसका लागि कुनै कदम चाल्न वा शुल्क तिर्न आवश्यक पर्दैन ।

वर्क परमिट, टीपीएस नोटिस अफ एक्सन आई ७९७ र आई ९४ को अवधि स्वत डिसेम्बर ३१ सम्म छ । टीपीएसका कागजातको म्याद थपिएको जाँच गर्न टीपीएसवाहक , रोजगारदाता वा अन्य एजेन्सीहरुले युएससीआईएसका ई भेरिफाई, रोजगार योग्यता प्रमाणिकरण वा सेभ जस्ता अनलाइन टुलको समेत प्रयोग गर्नसक्छन् । वर्क परमिटका लागि आवेदन दिएका तर वर्क परमिट प्राप्त नगरिसकेकाहरुले भने नयाँ म्याद सहितको वर्क परमिट प्राप्त गर्नेछन् ।

बीचका रि रजिस्ट्रेशन अवधिमा रि रजिस्ट्रेशन गर्न छुटाएका टीपीएसवाहकले अझै पनि रि रजिस्ट्रेशन गरेर टीपीएस कायम गर्नसक्ने भएका छन् । अब उनीहरुले अनलाइनमा आवेदन दिनसक्छन् । सन् २०१६ को अक्टोबर २६ देखि डिसेम्बर २७ सम्म र सन् २०१८ को मे २२ देखि जुलाई २३ सम्म सरकारले नेपाली टीपीएसवाहकका लागि रि रजिस्ट्रेशन खुलाएको थियो ।

यी मध्ये कुनै पनि अवधिमा राम्रोसँग रिरजिस्ट्रेशन नगरेका वा छुटेकाहरुले अझै पनि रिरजिस्ट्रेशन गर्नसक्छन् । तर त्यसका लागि पहिलो पटक सन् २०१५ मा भने भने टीपीएसका लागि आवेदन दिएको हुनुपर्छ । रिरजिस्ट्रेशन गर्नका लागि छुट्नुको राम्रो कारण पनि पेश गर्नुपर्छ ।

स्वत थपिएको अवधिबाट सुविधा लिनका लागि वर्क परमिटका लागि आवेदन दिनु पर्दैन । तपाईले फेडरल रजिस्टरमा प्रकाशित सुचनाका आधारमा २०२२ को डिसेम्बर ३१ सम्म प्रयोग गर्न सकिन्छ ।

यदि तपाई नेपालको टीपीएसवाहक हुनुहुन्छ र तपाईले २०२२ को डिसेम्बर ३१ सम्म नै म्याद उल्लेख भएको वर्क परमिट लिन चाहनुहुन्छ भने तपाईले वर्क परमिटका लागि अब अनलाइनबाट आई ७६५ फर्म भरेर आवेदन दिन सक्नुहुन्छ । तर उक्त फर्म भर्दा तपाईले फर्म सँग सम्बन्धित शुल्क भने तिनुपर्छ ।

यदि तपाईले नयाँ म्याद सहितको वर्क परमिट चाहनुहुन्न भने तपाईले आई ७६५ फर्म भर्न र शुल्क तिर्न आवश्यक छैन । तपाईले भविश्यमा कुनै पनि बेला नयाँ वर्क परमिट चाहनुहुन्छ भने त्यतीबेला पनि शुल्क तिरेर फर्म आई ७६५ भरेर आवेदन दिनसक्नुहुनेछ । तर त्यसका लागि तपाई टीपीएस पेन्डिंग अवस्थामा रहेको वा तपाई टीपीएसमा रहेको हुनुपर्छ ।

यदि तपाईले २०२२ को डिसेम्बर ३१ सम्म म्याद भएकै वर्क परमिट चाहनुहुन्छ भने तपाईले तपाईसँग अहिले भएको वर्क परमिटको म्याद नसकिदै वा सकिएपछि जहिले पनि आवेदन दिन सक्नुहुनेछ ।

यदि तपाईले वर्क परमिटका लागि आवेदन दिंदा बायोमेट्रिक शुल्क र आवेदन शुल्क वा दुईमध्ये एक तिर्न नसक्ने अवस्थामा हुनुहुन्छ भने तपाईले शुल्क मिनाहाका लागि फर्म आई ९१२ भरेर आवेदन दिन सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com