ग्वाटेमालाबाट विमानको ल्याण्डिङ गियरमा लुकेर अमेरिकाको मायामी आएका युवा नियन्त्रणमा


प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार

ग्वाटेमालाबाट विमानको ल्याण्डिङ गियरमा लुकेर अमेरिकाको मायामी विमानस्थलमा आएका एकजना २६ बर्षका युवालाई अधिकारीहरुले नियन्त्रणमा लिएका छन् । अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीका अधिकारीहरुले ती युवालाई शनिबार मायामी विमानस्थलबाट नियन्त्रणमा लिएका हुन् । ग्वाटेमालादेखि मायामीको उडान अवधि झण्डै साढे २ घण्टा रहेको छ ।

ग्वाटेमाला सिटीबाट उडेको अमेरिकन एयरलाइन्सको ११८२ नम्बरको उडानको ल्याण्डिङ गियरको डिब्बामा लुकेर उनी अमेरिका आएका थिए । विहान १० बजेर ६ मिनेटमा अवतरण भइसकेपछि विमानले सुरक्षा मामलाका कारण कानून कार्यान्वयन निकायको सामना गर्नुपरेको अमेरिकन एयरलाइन्सले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । विमानस्थलमा नियन्त्रणमा लिएपछि ती युवालाई उपचारका लागि अस्पतालमा लगिएको थियो । विमानमा लुकाउन खोज्दा व्यक्तिहरुले आफूहरुलाई अत्यन्तै जोखिममा राख्ने गरेको सीबीपीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय कानून व्यवसायी समन गोन्जालेजले आफूले अमेरिकामा अध्यागमन कानूनको अभ्यास गर्न थालेको १८ बर्षमा यस्तो घटना पहिलोपटक देखेको बताएका छन् । यस्तो जोखिमका बीचपनि सकुशल अमेरिका आउन सफल भएको यो घटनालाई चमत्कार भनिएको छ ।

उनलाई अमेरिकामा शरणका लागि यसरी लुकेर आएको व्यक्तिको रुपमा वर्गिकरण गरिने छ भने आगामी दिनमा उनको शरणको आवेदनको मूल्यांकन गरिने छ । यदि उनले एसाइलम जितेको खण्डमा अमेरिकाको स्थायी बासिन्दा हुन पाउनेछन् भने हारेको खण्डमा अमेरिकन एयरलाइन्सकै खर्चमा उनलाई ग्वाटेमाला फिर्ता पठाइनेछ ।

विमानको ल्याण्डिङ गियरमा लुकेर आउने कैयन आप्रवासीको बीचमा खसेर मृत्यु समेत हुने गरेको छ । कतिपयको चिसोका कारण समेत मृत्यु भएका कैयन घटना रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com