आवेदन भर्दा ढाँटेका कारण २५ बर्षका रुबेनको अमेरिकी नागरिकता खारेज, जेल सजाय थप


प्रकाशित मिति : मंसिर ६, २०७८ सोमबार

अमेरिकी नागरिकताको आवेदन दिंदा सोधिने प्रश्नमा जवाफ ढाँटेका कारण २५ बर्षका रुबेन रोजाको अमेरिकी नागरिकता खारेज भएको छ । उनले अमेरिकी जेलमा थप समय बस्नुपर्ने भएको छ भने सजाय काटेपछि अमेरिकाबाट देशनिकालामा पर्ने भएका छन् ।

मेक्सिकोमा जन्मिएका उनी अमेरिकाको फ्लोरिडामा रहेको ली काउन्टीमा बस्दै आएका थिए । उनले सन् २०१६ मा अमेरिकी नागरिकताका लागि आवेदन दिएका थिए भने त्यतीबेला उनले आफूले कहिले पनि अपराध नगरेको विवरण उल्लेख गरेका थिए ।

पक्राउ नपरेको तर कुनै अपराधमा संलग्न हुनुभएको थियो ? भन्ने प्रश्नमा उनले त्यस्तो अपराधमा संलग्न नभएको उल्लेख गरेका थिए । तर उनी सन् २०१५ र २०१७ मा गरेका अपराधका लागि सन् २०१९ मा दोषी ठहर भए । अमेरिकी नागरिकता लिने बेलामा उनले अपराध गरेका थिए तर पक्राउ परेका थिएनन् । जसका कारण युएससीआईएसले उनले अपराध गरेको रेकर्ड पत्ता लगाउन सकेको थिएन ।

उनी बच्चालाई बलात्कार र बच्चासँग अवाञ्छित कृयाकलाप गरेको अभियोगमा सन् २०१९ मा दोषी ठहर भएका थिए । तर उनले उक्त अपराध अमेरिकी नागरिकता लिनु अगाडि नै गरेका थिए । उनलाई सन् २०१९ को मार्चमा २६ बर्षको जेल सजाय सुनाइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले अमेरिकी नागरिकता लिने बेलामा विवरण ढाँटेको समेत स्वीकारेका छन् । जसका लागि उनको नागरिकता खारेज हुनुका साथै थप ६ महिना जेल सजाय सुनाइएको छ ।

युएससीआईएसको नीति निर्देशिका अनुशार विभिन्न अवस्थामा अमेरिकी नागरिकता खारेज हुनसक्ने प्रावधान रहेको छ । गलत विवरण बुझाएमा वा तथ्यहरु ढाँटेमा र दिइएका गलत विवरण जानजान भएमा अमेरिकी नागरिकता खारेज हुनसक्छ । त्यस्तै अमेरिकी सेनामा भर्ना भएर नागरिकता लिएकाहरुका सन्दर्भमा ५ बर्षको अवधिभन्दा अगाडि बीचमै छाडेमा अमेरिकी नागरिकता खारेज हुनसक्छ ।

कस्तो अवस्थामा अमेरिकी नागरिकता खारेज हुनसक्छ भन्नेबारे युएससीआईएसको नीति निर्देशिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com