चितवनमा धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको छ : अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : मंसिर ६, २०७८ सोमबार

?????? ?????????????? ?????? ?????? ????? ?????? ???????? ???? ????? ????? ??????? ????? ????? ??????? ????????? ??????? ???????? ????? ??????? ? ?????? ? ?????? ???????, ????

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचनमा भोट माग्न आउँदा धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको बताउनुभएको छ ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना भरतपुरले भरतपुर महानगरपालिका–२४ मा निर्माण गर्न लागेको केरुङ घोल लिफ्ट सिँचाइ आयोजनाको आज शिलान्यास गर्दै उहाँले आफ्नो क्षेत्रमा उदाहरणीय विकासका काम भएको बताउनुभयो ।

सिँचाइको माध्यमबाट सुक्खा क्षेत्रलाई उर्वर बनाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनताको आवश्यकता परिपूर्ति हुनेगरी उत्पादकत्व बढाउने काम गर्छौँ ।” सुकुम्बासी, भूमिहीनहरुलाई लालपुर्जा वितरण गर्नेगरी काम अघि बढेको भन्दै उहाँले यो सरकारले लालपुर्जा, निस्सा वा स्थानान्तरणको काम गर्ने छ भन्नुभयो । उहाँले थप्नुभयो, “लालपुर्जा वितरणका लागि भूमिसुधार मन्त्रालयमार्फत काम भइरहेको छ ।”

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, ऊर्जा, जलस्रोत तथा सिँचाई सचिव सागरकुमार राई, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतको उपस्थिति थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोका अनुसार खोलाको छेउमा सोलारबाट इनारको पानी तानेर लिफ्ट सिँचाइ गर्न लागिएको हो ।

आठ करोडको लागत रहेको यो आयोजनाको ठेक्का सम्झौता भइसकेको छ । चितवन राष्ट्रिय निकुञ्जसँग सहमति लिएर काम अघि बढेको उहाँले बताउनुभयो । यसबाट २०० हेक्टर जमिन सिञ्चित हुने उहाँको भनाइ छ । यसबाट बाह्रै महिना भरपर्दो, दिगो र पूर्ण सिञ्चित गर्न सहयोग पुग्ने छ । दश हजार ५०० हेक्टर क्षेत्रफल सिञ्चित हुनेगरी काम अघि बढाउने लक्ष्य लिइएको उहाँले बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com