नेपालमा ९१ लाखले लगाए कोरोनाबिरुद्धको खोप, अब १८ बर्षमाथिका सबैलाई


प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

अब नेपालमा कोरोनाभाइरस विरुद्धको खोप देशभर १८ वर्ष माथिका सबैलाई दिइने भएको छ । १८ बर्षभन्दा माथिका सबैलाई खोप लगाउन प्रदेशहरूमा खोप पठाउने काम भइरहेको जनाइएको छ । यसअघि सरकारले कोरोनाभाइरस विरुद्धको खोप उमेर र पेसालाई वर्गीकरण गरेर अभियानका रूपमा दिँदै आएको थियो ।

अहिले नेपालमा झण्डै ३६ लाख खोप उपलब्ध रहेको छ । खोप लगाउन बाँकी रहेका १८ वर्षभन्दा कम उमेरका बालबालिका लागि खरिद सम्झौता गरिएको खोप आउन भने अझै बाँकी रहेको छ । उक्त खोप डिसेम्बरभित्र आउने अपेक्षा गरिएको छ ।

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाइदै

खोपको उपलब्धताका आधारमा केही जिल्लाहरूले १८ वर्षभन्दा माथिका सबैलाई खोप दिन सुरु गरे पनि धेरै जसो जिल्लामा १८ वर्ष माथिका सबैले खोप पाउन सकेका छैनन्। खोप सल्लाहकार समितिको बैठकले १८ वर्ष माथिका सबैलाई खोप दिने निर्णय गरेको हो ।

झण्डै एकलाख डोज फाइजर खोप आएकोमा उक्त खोप भने १२ बर्षमाथिका दीर्घरोगी बालबालिकालाई मात्रै दिइएको छ । फाइजर खोप अरू बालबालिकालाई पनि लगाउनका लागि सरकारले खरिद सम्झौता गरिसकेको जनाएको छ। ६० लाखको खरिद सम्झौता भएको र १० वा १५ लाखको दरले भण्डार क्षमता अनुसार आउने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल लगाउने क्रममा

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म झन्डै ९१ लाखले कम्तीमा एक मात्रा र ७८ लाखभन्दा बढीले दोस्रो मात्रा खोप लगाइसकेका छन्।
खोप नलगाउने धेरै जनसङ्ख्या १८ वर्षभन्दा तलको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com