उपत्यकामा वायुप्रदूषण उच्च,आज वर्षासँगै हिमपात


प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार

काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा वायू प्रदूषणको जोखिम बढ्दै गएको पाइएको छ । बिहीबार र शुक्रबार राजधानी काठमाडौंको मौसम अत्यन्तै प्रतिकूल रह्यो । काठमाडौं उपत्यकामा वायुप्रदूषण उच्च देखिएको भन्दै वातावरणविद्हरूले स्वास्थ्यमा पर्ने असर कम गर्न विशेष ख्याल गर्नुपर्ने बताएका छन् ।

वायुप्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि त्यहाँका अधिकारीहरूले विद्यालय र कलेज बन्द गरेका हुन् । नेपालमा पनि राजधानी काठमाडौंलगायत मुलुकका प्रमुख सहरमा प्रदूषणको मात्रा उच्च हुँदै गएको हो । नयाँ दिल्ली र पाकिस्तानमा प्रदूषण बढी भएपछि त्यसको असर नेपालमा पनि देखापरेको वातावरण क्षेत्रका विज्ञहरूले बताएका छन् । बिहीबार धनगढीमा उच्च प्रदूषण भएको पाइएको छ ।

गत वर्ष प्रदूषण बढेपछि सरकारले विद्यालय नै बन्द गर्ने निर्णय गरेको थियो । यो वर्ष पनि प्रदूषणका कारण शैक्षिक संस्था तथा यातायात सेवा बन्द गर्नुपर्ने अवस्था आउनसक्ने मौसमविद्हरूले बताएका छन् । मौसममा देखिएको परिवर्तनसँगै वायुप्रदूषण पनि ह्वात्तै बढेको हो । वायुको गुणस्तरको सूचकांक (एक्यूआई) अनुसार बिहीबार राति १० बजे नेपालका सहरमध्ये बढी प्रदूषित सहरका रूपमा धनगढी देखिएको थियो ।

आज वर्षासँगै हिमपात

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले शनिबार जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशहरूमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com