बेलायतले माग्यो १० हजार नेपाली नर्स,मासिक तलब साढे दुई लाखभन्दा बढी


प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार

कामदार भिसामा १० हजार नेपाली नर्सलाई बेलायत पठाउने तयारीको प्रक्रिया थालनी गरेको छ । शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा कामदार भिसामा १० हजार नेपाली नर्स पठाउने प्रकृया थालिएको बताएका हुन् ।

मन्त्री श्रेष्ठका अनुसार नेपाल र बेलायतबीच अबको केही समयभित्रै यससम्बन्धी सम्झौता हुनेछ र सन् २०२२ को मध्यतिरबाट रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउन थालिनेछ ।

नेपालस्थित बेलायती राजदूतावासले नै मन्त्रालयसँग सरकारी तहको सम्झौता गरेर १० हजार नेपाली नर्स लैजाने प्रस्ताव गरेको हो ।

सो प्रस्तावमाथि छलफल गरी श्रम सम्झौताको खाका बनाउन थालिएको सचिव गौतमले जानकारी दिए ।

सन् २००५ मै बेलायतले चार हजार नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने प्रस्ताव गरेको थियो । तर, त्यतिबेला नेपालले प्रकृया अघि बढाउन नसक्दा रोजगारीको अवसरबाट बञ्चित हुनपरेको थियो ।

मन्त्रालयका अनुसार श्रम सम्झौता भएपछि बेलायत पठाइने नर्सको तलब मासिक साढे दुई लाखभन्दा बढी हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com