आन्दोलनरत कानून व्यवसायीमाथि बल प्रयोग नगर : मानव अधिकार आयोग


प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार

राष्ट्रिय मानव अधिकार आयोगले न्यायालय सुधारको माग राख्दै आन्दोलनरत कानून व्यवसायीमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा नेपाल प्रहरीको लाठी प्रहारबाट नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ता प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेल घाइते भएकोप्रति ध्यानाकर्षण जनाउँदै कानून व्यवसायीमाथि बल प्रयोग नगर्न आग्रह गरिएको छ ।

“कानून व्यवसायीबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनविपरीतको कार्य भएकाले शान्तिपूर्ण आन्दोनमा रहेका कानूनव्यवसायीमाथि अनावश्यक बल प्रयोग नगर्नु”, प्रेस विज्ञप्तिमा भनिएको छ, “घाइतेको निःशुल्क उपचार गर्न तथा घटनाको छानविन गरी दोषी देखिएकालाई कानूनी कारवाहीको दायरामा ल्याउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।”

आयोगले बारको नेतृत्वमा भइरहेको कानून व्यवसायीको आन्दोलन निरन्तर अनुगमन गरिरहको र आज आयोगको टोली सर्वोच्च अदालत पुगी घटनाको स्थलगत अनुगमन गर्नुका साथै अन्नपूर्ण न्यूरो अस्पताल पुगी घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जनाएको छ । प्रहरीको लाठी प्रहारबाट नेपाल बारका सदस्य महर्जनको देबे्र काँध, कोखा र छातीमा चोट लागेको र खुट्टामा चोट लागेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com