काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने


प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिनुभएको हो ।

भेटघाटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्याण्ड सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै लुम्बिनीमा रहेको मेटरनेटी अस्पतालका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

यसैगरी मन्त्री आलेले नेपाली नागरिकलाई थाइल्याण्डको भिसाका लागि सहजीकरण गर्न तथा नेपाली नागरिकहरु उपचारका लागि बैङ्कक जाँदा सहुलियतपूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

भेटवार्ताकै क्रममा मन्त्री आलेले नेपाल– थाइल्याण्डबीच पुरानो ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई थप सुदृढ बनाइराख्न दुवै देशका तर्फबाट अधिकतम प्रयास गरिनुपर्नेमा जोड दिनुभयो ।

जाडो मौसमका लागि नयाँ अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानतर्फ वायुसेवा कम्पनीहरूका लागि जाडो मौसमको उडान तालिका सार्वजनिक गरेको छ ।

बिहीबार प्राधिकारणले यहीँ २५ अक्टोबदेखि लागू हुने गरी ०२२ मार्च २७ सम्मको नयाँ उडान तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार नेपालका २ कम्पनीसहित १८ वटा वायुसेवा कम्पनीले उडानका लागि अनुमति पाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com