मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त


प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँको पक्षमा पाँच राजनीतिक दलका गठबन्धनका ५० र विपक्षमा नेकपा ९एमाले०का ४१ सांसदमध्ये सदनमा उपस्थित बहुमत सदस्यले मतदान गर्नुभएको थियो ।

गठबन्धनमा नेपाली कांग्रेसको २१, नेकपा ९माओवादी केन्द्र०का १५, नेकपा ९एकीकृत समाजवादी०का १०, जनता समाजवादी पार्टी नेपालका तीन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका एक सदस्यले मुख्यमन्त्री राईको पक्षमा मतदान गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम९४० बमोजिम मुख्यमन्त्री राईले सभामा विश्वासको मतका लागि सदनमा प्रस्ताव पेश गर्दै सभामा सहभागी सबै राजनीतिक दलका सदस्यसँग पक्षमा मत माग्नुभएको थियो ।

मुख्यमन्त्री राईले राजनीतिक परिस्थितिले संविधान र जनताका अधिकारलाई कमजोर बनाउने काम भएकाले वर्तमान गठबन्धन बनेको जिकिर गर्दै परिवर्तनको सम्वाहक यो सरकारले संविधानको रक्षा गर्ने कुरामा जोड दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जिद्धी स्वभावले नै नेकपा एमालेको दुई तिहाइ बहुमतको सरकार गुमेको चर्चा गर्दै राजनीतिक परिवर्तन भए पनि राजनीतिक दलका नेतामा चेतनाको वृद्धि नभएको बताउनुभयो । उहाँले वर्तमान गठबन्धन संविधान रक्षाका लागि भएकाले मुख्यमन्त्रीमा राईलाई विश्वासको मत दिएको बताउनुभयो । नेता कोइरालाले यो गबन्धनले निरन्तता पाउने विश्वास व्यक्त गर्नुभयो ।

एमालेका तर्फबाट प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले एमाले सहमति र सहकार्यको विरोधी नभएको बताउनुभयो । उहाँले लोकतन्त्रलाई सुदृढीकरण र बलियो बनाउन राजनीतिक दलमा पनि सुदृढीकरण हुनुपर्ने तर्क गर्दै एमाले सदनमा प्रमुख प्रतिपक्षको भूमिका रचनात्मक ढङ्गले प्रस्तुत हुने धारणा राख्नुभयो ।

प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com