नेताको कथा : राजनीतिले सबै सकियो, ऋण तिर्न गाउँ फर्किए !


प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार

दिनहुँजसो राजनीतिक कर्ममा समय बिताउने गर्नुभएको गण्डकी गाउँपालिका–४, फुजेलका जीतबहादुर भट्टको दैनिक अहिले फेरिएको छ । सधैँ बिहान उठ्ने बित्तिकै गाउँमा सभा, सम्मेलन, बैठक र भेलामा दौडिने गर्नुभएका उहाँ आजभोलि ती सबै काम छोडेर घर नजिकै सुरु गर्नुभएको अकबरे खुर्सानीको खेती गरेको ठाउँमा पुग्नुहुन्छ ।

अलिअलि कमाएको पैसा पनि राजनीति गर्दागर्दै सकिएपछि ऋण डुबेका भट्टले अहिले गाउँमै करिब एक सय १७ रोपनी क्षेत्रफल जमिन भाडामा लिएर अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गर्नुभएको हो ।

उहाँले सुरु गर्नुभएको अकबरे खुर्सानीको खेती प्रदेशभित्र निजीस्तरमा ठूलो क्षेत्रफलमा गरिएको अहिलेसम्मकै ठूलो अकबरे खुर्सानीको व्यावसायिक खेती हो । “व्यापार र राजनीतिले जीवनको सबै कमाई गुमाएपछि म आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि पेसा सुरु गरेको छु”, उहाँले भन्नुभयो, “अब राजनीतिभन्दा कृषि पेसामा नै बढी आनन्द आउन थालेको छ ।”

उहाँले अकबरे खेती सुरु गरेसँगै प्रदेशस्तरमा तालिम लिने अवसर पाउनुभयो । तालिममा सहभागी क्रममा प्रदेशमा अहिलेसम्म त्यति ठूलो स्तरमा निजी क्षेत्रबाट अकबरे खुर्सानीको व्यावसायिक खेती अन्यत्र नभएको जानकारीसमेत पाएपछि आफूमा झनै उत्साह बढेको उहाँको भनाइ छ । किसान भट्टले व्यावसायिक रुपमा खेती सुरु गर्नका लागि आफ्नोसँगै सहित छिमेकीको जमिन भाडामा लिनुभएको छ । राजनीतिमा समेत लागेर लामो समयसम्म काम गर्नुभएका उहाँले राजनीतिले खान नदिने भएकाले अहिले कृषि कर्ममा जोडिएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“गोरखा र काठमाडौँमा समेत व्यापार थियो तर राजनीतिले सबै सकियो”, उहाँले भन्नुभयो, “केही उपाय नभएपछि अहिले फेरि गाउँ फर्किए र कृषि पेसा सुरु गरेँ ।” उक्त जमिनमा करिब ७५ हजार बेर्ना लगाएकामा करिब ४६ हजार बोटमा उत्पादन सुरु भएको उहाँले बताउनुभयो । “सारेका मध्ये २९ हजार बेर्ना सरेन”, उहाँले भन्नुभयो, “सरेका बोटहरुबाट अहिले राम्रो उत्पादन हुन थालेको छ ।” भाडामा लिएको जमिन मध्ये खुर्सानी नसरेको ठाउँमा अदुवा र बेसार खेती गरेको उहाँको भनाइ छ ।

एकपटक हुर्किएको खुर्सानीको बोटबाट ३ वर्षसम्म राम्रो आम्दानी लिन सक्ने किसान भट्टले जानकारी दिनुभयो । अकबरे खुर्सानी फल्न थालेपछि बारी लटरम्म फल्न थालेको उहाँले बताउनुभयो । “बारीमा पस्दा राता हरिया खुर्सानी लटरम्म फलेको देख्दा मन पनि आनन्द हुन्छ”, किसान भट्टले भन्नुभयो, “खुर्सानी बेचेर आम्दानीसमेत राम्रो हुन थालेको छ ।”

उहाँले आफ्नो बारीमा उत्पादन भएको खुर्सानी चितवनको मुग्लिनमा रहेको थ्री सिस्टर अचार कम्पनीले खरिद गर्न थालेको छ । प्रतिकेजी रु २५० देखि २७५ सम्ममा खुर्सानी बिक्री हुन्छ, उहाँले भन्नुभयो, बजार भाउ पनि राम्रो भएकाले आम्दानी पनि राम्रो हँुदै गएको छ ।” व्यावसायिक खेती सुरु गरेसँगै अकबरे खुर्सानी बेचेर वार्षिक रु ५० लाखसम्म आम्दानी गर्ने आफ्नो लक्ष्य रहेको किसान भट्टले बताउनुभयो ।

यस वर्ष भने जेठको अन्त्यदेखि अत्यधिक पानी परेकाले खुर्सानी उत्पादन राम्रो नभएको उहाँको भनाइ छ । “जेठको अन्तिम सातादेखि ठूलो वर्षा नभएको भए यो वर्ष नै राम्रो आम्दानी हुन्थ्यो”, उहाँले भन्नुभयो, “अर्को वर्ष आफूले लक्ष्य लिएको जति आम्दानी गर्न सक्छु भन्ने लागेको छ ।” उहाँले मकवानपुरको पालुङ र हेटौँडा तथा इलामबाट बीउ मगाएर आफैँले नर्सरीमार्फत बेर्ना उत्पादन गर्नुभएको हो ।

“खुर्सानीको व्यावसायिक खेती सुरु गरेपछि मैले मात्र आम्दानी गरेको छैन”, उहाँले भन्नुभयो, “स्थानीय गाउँहरुले समेत रोजगारी पाएका छन् ।” अहिले बारीमा स्थानीयवासी सातदेखि १० जनाले रोजगारी पनि पाएका छन् । “सिजनका बेला १० जनासम्मले काम पाउँछन्”, उहाँले भन्नुभयो, “बारीमा गोडमेल गर्न, खुर्सानी टिप्न कामदार आवश्यक पर्छ ।” उहाँले वर्षौंदेखि निष्क्रिय रहेको गाउँकै कालिका कृषक समूह नामको फर्मलाई नवीकरण गरेर व्यावसायिक कृषि पेसा सुरु गरेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com