श्रममन्त्री र इजरायलका राजदुतबीच भेटवार्ता : ‘भाषा परिक्षा पास गरेका नेपाली छिटै इजरायल जान पाउने’


प्रकाशित मिति : कार्तिक ३०, २०७८ मंगलबार

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि इजरायलका राजदुत हनान गोदरले शिष्टाचार भेट गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–इजरायलबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो । छलफलका क्रममा मन्त्री श्रेष्ठले सन् २०२० मा भएको श्रम सम्झौता अनुसार नेपाली नागरिकलाई इजरायलको दीर्घकालिन सेवाकेन्द्रमा सहायक कामदारको रूपमा १ हजार १ सय ७५ जनालाई रोजगारी प्रदान भएकोमा नेपाल सरकारको तर्फबाट इजरायली सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

केयर गिभरमा इजरायल जानका लागि भाषा पास गरेकाहरू निकट भविष्यमै जान पाउनेछन् । मन्त्री श्रेष्ठले योग्यता प्रणाली अनुरूप रोष्टरमा रहेका बाँकी ४ सय २५ जनालाई समेत रोजगारीको पहल गर्न आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले आगामी दिनमा इजरायलका अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसरका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

मन्त्री श्रेष्ठले पुर्वाधार विकाससँगै इजरायलले गरेको कृषि क्रान्ति अनुकरणीय रहेको बताउनुभयो । पछिल्लो समय नेपालबाट इजरायलमा गइ काम गर्ने नेपाली कामदारको संख्याउल्लेखनीय रहेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले इजरायल गएर कृषि क्षेत्रमा काम गरी आएका नेपालीले नेपालको कृषिक्षेत्रमा लगानी गरी व्यवसायीक कृषि पेशाा गर्दै आइरहेको बताउनुभयो ।

उहाँले नेपाली नागरिकले इजरायलको कृषि क्षेत्रमा आर्जन गरेको प्रविधिगत ज्ञान, सीप र अनुभवले नेपालमा कृषि क्षेत्रको आधुनिकिकरण र व्यवसायिकरणमा सहयोग पुर्‍याएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजदुत गोदरले भविष्यमा अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सकारात्मक रहेको बताउनुभएको थियो । इजरायल नेपाली कामदारहरुको लागि आकर्षक गन्तव्य मुलुकको रुपमा रहँदै आएको छ ।अहिले करिब १२ हजार नेपाली कामदार इजरायलमा कार्यरत छन ।

नेपाल र इजरायलबीच सन् १९६० मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । इजरायलसँग कुटनीतिक सम्वन्ध स्थापित गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो । इजरायलली नागरिकले नेपालको पर्यटन प्रवर्द्दनमा पनि योगदान पुर्‍याएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com