११,१७२ नेपाली विद्यार्थी अमेरिकामा अध्ययनरत, विश्वमा १२ औं, दक्षिण र मध्य एसियामा दोश्रो


प्रकाशित मिति : कार्तिक ३०, २०७८ मंगलबार

अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको संख्या विश्वकै १२ औं नम्बरमा रहेको छ । ओपन डोर्स रिपोर्ट अनुशार शैक्षिक शत्र सन् २०२०/२०२१ मा अमेरिकामा ग्रयाजुएट र अण्डरग्रयाजुएट गरिरहेका नेपाली विद्यार्थीहरुको संख्या ११ हजार १ सय ७२ रहेको छ ।

सोमबार सार्वजनिक रिपोर्ट अनुशार दक्षिण र मध्य एसियाका देशहरुबाट अमेरिकामा अध्ययन गर्ने विद्यार्थीहरुमा नेपालीहरु दोश्रो नम्बरमा रहेका छन् । पहिलोमा भारतीयहरु रहेका छन् । अघिल्लो शैक्षिक शत्रको तुलनामा शैक्षिक शत्र २०२०/२०२१ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्यामा गिरावट आएको छ ।

अघिल्लो शैक्षिक शत्रमा १२ हजार ७ सय ३० नेपाली विद्यार्थीहरु अध्ययनरत रहेकोमा अहिले त्यसमा १२ दशमलव २ प्रतिशतले गिरावट आएको हो । शैक्षिक शत्र २०१८/२०१९ मा अझ धेरै अर्थात् १३ हजार २२९ नेपाली विद्यार्थीहरु अमेरिकामा अध्ययनरत रहेका थिए । शैक्षिक शत्र २०१७ /२०१८ मा १३ हजार २ सय ७० जना नेपाली विद्यार्थीहरु अमेरिकामा अध्ययनरत रहेका थिए । अमेरिकामा सबैभन्दा धेरै नेपाली विद्यार्थी रहेको शैक्षिक शत्र यही थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शैक्षिक शत्र २०२०/२०२१ मा विश्वभरबाट अमेरिकामा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या ९ लाख १४ हजार रहेको छ । कोरोना महामारीका बाबजुत पनि अमेरिका नेपाली विद्यार्थीहरुको लोकप्रिय गन्तव्य रहदै आएको छ । महामारीका कारण शैक्षिक कार्यक्रम र भिसा प्रभावित भएपनि महामारीका बीच पनि अमेरिकामा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुको संख्या उल्लेख्य रहेको छ ।

नेपाली विद्यार्थीहरु ५ हजार ३ सय २७ जना अण्डरग्रयाजुएट अध्ययनरत रहेका छन् भने ३ हजार ६ सय ५५ जना ग्रयाजुएट लेभलमा अध्ययनरत रहेका छन् । नन डिग्रीमा ८२ जना र ओपीटीमा २१०८ जना रहेका छन् ।

महामारीका कारण शैक्षिक शत्र २०२०/२०२१ मा अमेरिकामा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या भने ७ बर्षमा नै कम बिन्दुमा पुगेको छ । अर्थात् शैक्षिक शत्र २०१४/२०१५ भन्दा पनि तल झरेको छ । विश्वमा सबैभन्दा धेरै चाइनिज विद्यार्थीहरु अमेरिकामा अध्ययनरत रहेका छन् । दोश्रोमा भारतीयहरु छन् ।

कभर तस्वीर अमेरिकी दूतावास काठमाडौंको फेसबुक पेजबाट साभार ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com