मुगु सदरमुकाममा मध्य रात भीषण आगलागी,करोडौँको क्षति


प्रकाशित मिति : कार्तिक ३०, २०७८ मंगलबार

?????? ?????? ????, ?? ??????? ?????? ???? ?????? ??????? ???? ?????? ? ???????? ?? ?? ???? ???? ???? ?? ??? ???????? ????? ????? ???? ? ? ?????? ? ????????? ?????? ????, ????

गए राति मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हुँदा २० घर जलेर खरानी हुनाका साथै करोडौँको धनमाल क्षति भएको छ । राति १२ बजे सदरमुकाम गमगढीको तल्लो बजारमा रहेको ठिल्ले लामाको घरबाट सुरु भएको आगलागी फैलिँदै जाँदा २० घर खरानी हुनाका साथै करोडौँको धनमाल क्षति भएको हो ।

आगलागीबाट ठिल्ले लामा, रतनबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, जनकबहादुर मल्ल, झोम्वा लामा, एन्गल लामा, डम्बर मल्ल, र्तोचे लामा, गुरु लामा, टासी लामा, पृथ्वीजङ्ग शाह, छत्रबहादुर मल्ल, सकुन्तला शाही, विशाल मल्ल, लक्ष्मी शाही, पुतली शाही, कुशलाल सावत, गोमा मल्ल, छिरिङ्ग लामाका घर जलेर खरानी भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट घरमा भाडा लिएर कारोबार गर्नेहरूको करोडौँको धनमाल खरानी भएको पनि प्रहरीले जनाएको छ । प्रहरी मुचुल्काका लागि घरधनी, पसलधनीहरुसँग सोधपुछ चलिरहेकाले क्षतिको विवरण अहिले उपलब्ध गराउन नसकिने बताइएको छ ।

बजारमा चलनचल्तीको बिक्री दर अनुमान गर्दा घरबारमात्र करोडौँको मुल्यभन्दा बढीको क्षति भएको र पसलहरुको सामानसमेत जोड्दा १०० करोड आसपाससम्मकोे क्षति भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राति बाह्र बजेदेखि सुरु भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा करिब पाँच घण्टापछि नियन्त्रणमा आएको थियो । पुराना माटो, ढुङ्गा र काठले बनेका घरहरु भएकाले आगोले उग्ररुप लिएको थियो । रातिको समय भएकाले कसैले आफ्ना सामानहरु उठाउनसमेत पाएनन् ।

गमगढी बजारलाई वितरण गरिएको खानेपानी गमगढी खानेपानी उपभोक्ता समितिले राति नै ट्याङ्की खाली गरी पानी छोडे पनि आगलागी नियन्त्रणमा लिन कठिन भएको थियो ।

यसैबीच आज बिहान १० बजे जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक पूर्णबहादुर रोकायाको अध्यक्षतामा बसेको बैठकले प्रदेश र सङ्घ सरकारलाई खरानी भएका घर पुनः र्निर्माणका लागि स्थानीय सरकार, उद्योग वाणिज्य सङ्घ र सङ्घसंस्थालाई राहत उपलब्ध गराउनका लागि र सुरक्षा निकायलाई यकिन क्षतिको विवरण लिनका लागि सहयोग गर्न आग्रह गर्ने निर्णय छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com