सामूहिक दुर्घटना बीमा गर्दा अब १ रुपैयाँ ५० पैसा


प्रकाशित मिति : कार्तिक ३०, २०७८ मंगलबार

बीमा समितिले निर्जीवन बीमा व्यवसाय अन्तर्गत दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयार गरी तथा त्यसका लागि आवश्यक पर्ने बीमादर समेत निर्धारण गरी दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ ।

यस निर्देशिका बमोजिम जारी गरिने बीमालेख व्यक्तिगत दुर्घटना बीमालेख र सामूहिक दुर्घटना बीमालेख  गरी दुई प्रकारका हुनेछन् । दुर्घटना बीमालेख एकवर्ष वा सोभन्दा कम अवधिका लागि मात्र जारी गर्न सकिने व्यवस्था रहेको छ ।

एक वर्षका लागि जारी गरिने बीमालेखको एक महिनासम्मका लागि वार्षिक बीमाशुल्कको २५ प्रतिशत, एक महिनादेखि तीन महिनासम्मका लागि वार्षिक बीमाशुल्कको ४० प्रतिशत, तीन महिनादेखि छ महिनासम्मका लािग वार्षिक बीमाशुल्कको ६० प्रतिशत र छ महिनादेखि एक वर्षसम्मका लागि शत्प्रतिशत बीमादर तोकिएको छ ।

व्यक्तिगत दुर्घटना बीमाका लागि न्यूनतम् प्रतिव्यक्ति प्रतिहजार दुई रुपैयाँ बीमादर तोकिएको छ । सामूहिक दुर्घटना बीमातर्फ दुई जनादेखि २५ जनासम्मको समूहका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम् दुई रुपैयाँ, २६ जनादेखि एकसय जनासम्मका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम एक रुपैयाँ ७५ पैसा र एकसय भन्दा बढीका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम एक रुपैयाँ ५० पैसा बीमादर तोकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बीमालेखमा उल्लेख गरिएको बीमा अवधिभित्र दुर्घटनाबाट बीमितको मृत्यु भएमा बीमाङ्कको अतिरिक्त दुर्घटना बीमावापत बीमाङ्क रकम रु. दुईलाख बीमकले बीमितलाई भुक्तानी गर्नुपर्ने  व्यवस्था समेत रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com