कतार एयरवेजलाई साउदी आकाशमा प्रतिबन्ध, युएईबाट कतारजाने सबै उडान बन्द


प्रकाशित मिति : जेष्ठ २३, २०७४ मंगलबार

इजिप्टसहितका पाँच अरब राष्ट्रले कतारसँगको कुटनैतिक सम्बन्ध तोडेपछि हवाई आवागमनमा समस्या भएको छ । युनाइटेड अरब संयुक्त अरब इमिरेट्सले कतार उड्ने आफ्ना तीनवटै एयरलाइन्सको सेवा बन्द गरेको छ । मंगलबारविहानदेखि फ्लाई दुबई, इतिहाड एयरवेज र इमिरेट्सले कतारबाट र कतारकय लागि सबै उडानहरु बन्द गरेका छन् । साउदी आकाशका कतार एयरवेजलाई पनि प्रतिबन्ध लगाइएको छ ।

हवाई यातायातका साथै ती पाँचवटा देशहरुले कतारसँगको जल र थल यातायात सम्बन्ध पनि बन्द गरेका छन् । जसका कारण कतारमा तत्काल संकट उत्पन्न भएको छ । किनभने साउदी सिमाबाटै कतारमा ४० प्रतिशत खाद्यान्न भित्रिने गर्छ ।

आतङ्कवादलाई सघाएको र अरब क्षेत्रमा शान्ति तथा अमन चैन समस्या ल्याएको आरोप लगाउँदै साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य गरेका हुन् ।

छिमेकी अरब राष्ट्रहरुले लगाएको आरोपको खण्डन गर्दै कतारी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी कतारमाथि लगाइएका आरोप तथ्यमा आधारित नरहेका तर झुटा र आधारहीन दाबीमात्र भएको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com