वृद्धाश्रममा लोभ लाग्दो च्याउखेती


प्रकाशित मिति : कार्तिक २७, २०७८ शनिबार

मनकारी दाताका सहयोगबाट सञ्चालित कञ्चनपुरको महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा व्यवसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालिएको छ । वृद्धाश्रमको आयस्रोत बढाउनुका साथै आश्रित ज्येष्ठ नागरिकका पालपोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले लामो समयदेखि यहाँको वनखेतमा रहेको सो केन्द्रमा च्याउखेती गरिँदै आएको छ । केन्द्रका अध्यक्ष शारदा चन्दले वृद्धाश्रम सञ्चालनमा आर्थिकरूपले टेवा पुगोस् भन्ने ध्येयले आफूहरु विगत एक दशकयता वद्धाश्रममै च्याउखेती गरिरहेको जानकारी दिए ।

“वृद्धाश्रमलाई स्थानीयवासीदेखि सङ्घीय सरकारको कुनै नियमित सहयोग छैन्”, उनले भने, “दाताहरूको सहयोग र पछिल्लो समय कार्यसमिति नै आयमूलक काममा खटिएर वद्धाश्रम सञ्चालन गरिरहेका छौँ ।”

डेढ दशकदेखि अधिकारकर्मीकारूपमा सक्रिय उनको नेतृत्वले सञ्चालन गरेको वद्धाश्रममा हाल सुदूश्चिमदेखि काठमाडौँ, भक्तपुर, दाङ र सिराहालगायतका जिल्लाका गरी ६३ वद्धा आश्रित रहेका छन् । अध्यक्ष चन्दले पछिल्लो समय च्याउखेतीको मौसममा च्याउ बिक्रीबाट रु तीन लाखसम्म आम्दानी भएको बताए ।

“च्याउखेतीका लागि कृषि ज्ञान केन्द्रबाट सहयोग हुँदै आएको छ”, उनले भने, “यसपटक भने आश्रममा पालेका कुखुरा बेचेर च्याउको बीउ खरिद गरेका छौँ ।” उहाँले स्थानीय सरकारबाट वृद्धाश्रमलाई सहयोग नभएकोप्रति गुनासो पोखे । “पालिकामा जनप्रतिनिधि आएपछि वृद्धाश्रमलाई दिने रकम नै कटौती भयो”, अध्यक्ष चन्दले भने, “हामीले अहिले सामाजिक सञ्जालमा समेत क्याम्पियन चलाएर वद्धाश्रम सञ्चालन गरिरहेका छौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारले वृद्धाश्रमलाई रु पाँच लाख सहयोग गरेको उनले बताए । उनले वृद्धाश्रममा च्याउखेती, कुखुरापालन र वृद्धाश्रमको चार कठ्ठा खेतमा फलफूल खेती गर्ने तयारी गरिएको बताए । “च्याउखेती र कुखुरापालनबाट आम्दानी ठिकै भएको छ”, उनले भने, “जेनतेन मनकारी दाता, व्यक्तिको सहयोगबाट वद्धाश्रम चलेको छ ।”

वद्धाश्रम सञ्चालनका लागि वार्षिक रु ४० लाखभन्दा बढी रकम खर्च हुने गरेको  जनाइएको छ । त्यसैगरी यहाँको बेदकोट नगरपालिका–८ मा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्र पनि दाताका सहयोगमा चलिरहेको छ ।

“यहाँ जन्मदिन, श्राद्धलगायतका पुनीत कार्यमा आउनेहरूबाट निकै सहयोग भइरहेको छ ।” सेवा केन्द्रका उपाध्यक्ष मोहनबहादुर चन्दले भने, “गत वर्ष बेदकोट नगरपालिकाले पनि रु तीन लाख सहयोग गरेको थियो ।” उनले मुठ्ठीदानबाट सुरु भएको वद्धाश्रमको अवस्था आर्थिकरूपले सबल हुन नसकेको बताए ।

वद्धाश्रमको व्यवस्थान खर्चका लागि गत वर्ष प्रदेश सरकारले रु पाँच लाख सहयोग गर्नुका साथै संरचना निर्माणमा पनि सहयोग रहेको जानकारी उनले दिए ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com