अपरेशन होराइजन: सिमाक्षेत्रमा रिहा गरिएका एसाइलम आवेदकलाई आइसबाट एकैचोटी पत्राचार


प्रकाशित मिति : कार्तिक २६, २०७८ शुक्रबार

अदालतको सुनुवाईको मिति प्रदान नगरिकनै सिमाक्षेत्रमा रिहा गरिएका एसाइलम आवेदकहरुलाई आइसले अदालतमा उपस्थीत हुने मितिसहित एकैचोटी पत्राचार सुरु गरेको छ । आइसले उनीहरुका लागि अदालतमा उपस्थीत भएर एसाइलमको प्रकृया अगाडि बढाउनका लागि नोटिस टु अपियर पठाउन सुरु गरेको हो ।

राष्ट्रपति जो बाइडेनले पदभार सम्हालेदेखि सीबीपीले अमेरिकी सिमाक्षेत्रबाट एसाइलम खोज्ने झण्डै साढे २ लाखलाई रिहा गरिएको थियो । उनीहरुमध्ये झण्डै आधालाई अदालतलमा उपस्थीत हुने सुचना अर्थात् नोटिस टु अपियर नदिइकनै रिहा गरिएको थियो । उनीहरुलाई अदालतको प्रकृया सुरु गर्नका लागि ६० दिनभित्र नजिकको आइस अफिसमा उपस्थीत हुनका लागि नोटिस टु रिपोर्ट दिइएको थियो ।

आगामी केहीसाता आइसले आफ्नो कार्यालयमा ६० दिनभित्र आएर प्रकृया सुरु नगरेका सबैलाई नोटिस टु अपियर पठाउने भएको छ । अपरेशन होराइजनका नाममा आइसले यो अभियान सुरु गरेको हो । यो अभियानले प्रकृयामा नगएका एसाइलम आवेदकलाई प्रकृयामा लैजाने भएपनि आवेदकले छुटाएको खण्डमा आवेदकहरु समस्यामा पर्नसक्ने देखिएको छ ।

नोटिस टु अपियर नदिइकनै रिहा गरिएका र नजिकको आइस अफिसमा ६० दिनभित्र उपस्थीत हुन भनिएका अधिंकाशले नजिकको आइस अफिसमा गएर प्रकृया सुरु गरेको आइसले जनाएको छ । तर आइस अफिसमा नगएका झण्डै ६८ हजारलाई अदालतमा उपस्थीत हुने सुचना पठाउने योजनामा आइस रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नोटिस टु अपियर विना नै सिमाक्षेत्रमा आएका एसाइलम आवेदकलाई रिहा गर्ने प्रकृया सीबीपीले यसैबर्षको सुरुदेखि अगाडि बढाएको थियो । टाइटल ४२ अन्तरगत मेक्सिको फिर्ता पठाउन नसकिनेहरुलाई अदालतमा उपस्थीत हुने सुचना नदिइकनै रिहा गरिएको थियो । सिमाक्षेत्रमा आएका एसाइलम आवेदकको प्रकृया छिटो अगाडि बढाउनका लागि सीबीपीले यो उपाय अपनाएको थियो ।

त्यसपछि अदालतमा उपस्थीत हुने सुचना प्राप्त गर्नका लागि एसाइलम आवेदकहरुको आइसका अफिसहरुमा भींड लागेको थियो । भींडभाड धेरै भएपछि आइसले अनलाइनमार्फत अप्वाइन्टमेन्ट लिन सकिने व्यवस्था गरेको थियो । नोटिस टु अपियर जारी गर्दा आवेदक उपस्थीत हुनुपर्ने अदालत, मिति र समय दिइएको हुन्छ तर नोटिस टु रिपोर्टमा त्यस्तो कुनै पनि विषय उल्लेख नहुने भएकाले ती आवेदकहरु आफ्नो प्रकृया कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा अलमलमा परेका थिए ।

अपरेशन होराइजन अन्तरगत पठाइने नोटिस टु अपियरमा आवेदकले अदालतको प्रकृयाका लागि नजिकको आइस अफिसमा कसरी रिपोर्ट गर्ने लगायतका विवरण उल्लेख गरिने आइसले जनाएको छ । यस क्रममा कसैलाई पनि पक्राउ गरेर हिराशतमा नलिइने र अदालतको प्रकृया अगाडि बढाउन आवेदकको उपस्थीति अनिवार्य रहेको आइसले जनाएको छ ।

पहिलेको कानून अनुशार यदि आइसले नोटिस टु अपियर पठाएपछि त्यस्तो सुचना पठाएको ठेगानामा व्यक्ति नरहेको भए र उक्त सुचना आइसमा नै फिर्ता आएमा आइसले व्यक्तिसमक्ष सुचना पुगेको पुष्टी गर्न नसक्दा देश निकालाको प्रकृया अगाडि बढाउन सक्दैनथ्यो । तर अपरेशन होराइजन अन्तरगत सुचना डेलिभर भएमा तर आवेदकको हातमा नपुगेमा के गरिने छ भन्नेबारे स्पष्ट छैन ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com