स्वीट्जरल्याण्डले नेपाललाई दियो १ लाख ४४ हजार डोज आष्ट्राजेनेका भ्याक्सिन


प्रकाशित मिति : कार्तिक २५, २०७८ बिहीबार

स्वीट्जरल्याण्डले नेपाललाई १ लाख ४४ हजार डोज आष्ट्राजेनेका भ्याक्सिन हस्तान्तरण गरेको छ । काठमाडौंमा रहेको स्वीस दूतावासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भ्याक्सिन हस्तान्तरण गरेको हो ।

स्वीट्जरल्याण्डले कोभ्याक्स सुविधा अन्तरगत नेपाललाई भ्याक्सिन सहायता उपलब्ध गराएको हो । खोप सहायता नेपालप्रति स्वीट्जरल्याण्डको ६२ बर्ष लामो मित्रता र ऐक्वयद्धताको पुनराबृत्ति रहेको नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्याप्लरले बताइन् ।

सन् २०२० को अप्रिलदेखि नै स्वीट्जरल्याण्डले नेपाललाई पीसीआर टेस्टिङ किट, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सहायता उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म स्वीट्जरल्याण्डले नेपालमा कोरोना सम्बन्धित सहायताका लागि २० मिलियन अमेरिकी डलर छुट्याएको छ ।

अमेरिकामा गरीएको परीक्षणमा आष्ट्राजेनेका भ्याक्सिन लक्षणसहितको कोरोना संक्रमण रोक्नमा ७९ प्रतिशत प्रभावकारी देखिएको थियो । त्यस्तै सिकिस्त बिरामी हुनबाट रोक्न र अस्पतालमा भर्ना हुनबाट रोक्न भने शतप्रतिशत प्रभावकारी देखिएको थियो । तर अमेरिकामा भने यो खोपले अझै प्रयोगको अनुमति पाएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com