वैदेशिक रोजगारीमा जाने १८ प्रतिशत युवाको मासिक कमाइ १७ हजारभन्दा कम, ७५ हजार कमाउने चार प्रतिशत मात्र


प्रकाशित मिति : कार्तिक २४, २०७८ बुधबार

नेपालबाट वैदेशिक रोजगारीमा जाने लगभग १८ प्रतिशत युवाको मासिक कमाइ १७ हजारभन्दा कम हुने गरेको छ । धेरै कमाउने आशामा परिवार र आफन्त छोडेर विदेश जाने १८ प्रतिशत युवाको कमाइ नेपालमा काम गर्ने श्रमिकका लागि तोकिएको भन्दा केही बढी १६ हजार ६ सयको हाराहारीमा रहेको सरकारको अध्ययनले देखाएको हो ।

सरकारले गत साउनबाट नेपालमा काम गर्ने श्रमिकको मासिक पारिश्रमिक भने १५ हजार तोकेको छ । तर विदेशी नेपालीको मासिक पारिश्रमिक स्वदेशमा तोकिएको भन्दा केही मात्र बढी छ ।

यस्तै वैदेशिक रोजगारीमा जाने लगभग ६५ प्रतिशत युवाको आय औसत मासिक ३३ हजार रुपैयाँभन्दा कम हुने गरेको अध्ययनले देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो समय सार्वजनिक गरेको ‘वैदेशिक रोजगारसम्बन्धी सामाजिक प्रभाव विश्लेषण अध्ययन’ ले ४५ प्रतिशत परिवारको वैदेशिक रोजगारीबाट मासिक आय औसत २५ हजार अर्थात् वार्षिक आय दुईदेखि चार लाख रुपैयाँ रहेको देखाएको छ ।

आयको वर्गीकरण प्रत्येक दुई लाखको अन्तरमा गरिए अनुसार अध्ययनले सबैभन्दा कम आय दुई लाखभन्दा कम वार्षिक आय समूहमा १८ प्रतिशत र सबैभन्दा बढी आय १२ लाखभन्दा माथिको समूहमा चार प्रतिशत परिवार रहेको पाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैभन्दा ठूलो परिवारको हिस्सा ४५ प्रतिशतले २–४ लाख वार्षिक आय हुने समूहमा र सबैभन्दा सानो हिस्सामा रहेका युवाले मासिक ७५ हजार अर्थात् वार्षिक आठदेखि १२ लाख रुपैयाँ आय गर्ने गरेका छन् । वैदेशिक रोजगारमा गएका देशमध्ये यूएई र कतार दुवैमा २५ प्रतिशत, साउदी अरब २१ प्रतिशत, मलेसिया २० प्रतिशत, कुवेतमा ६ प्रतिशत रहने गरेका छन् ।

आम्दानीका हिसाबले आकर्षक मानिएका इजरायल २ प्रतिशत र गणतन्त्र कोरियामा १ प्रतिशत नेपाली मात्र रहेको पाइएको छ । थोरै आय गर्नेको हिस्सा बढी रहेको नेपालको वैदेशिक आयबारे रेमिट्यान्समा जीवनयापन गरिरहेका परिवारका सदस्यमध्ये ठूलो हिस्सा अर्थात् ७३ प्रतिशतले आयलाई ठिकै मानेका छन् ।

यस्तै सबैभन्दा सानो हिस्सा १२ प्रतिशतले धेरै राम्रो आय रहेको जनाएका छन् । त्यस्तै, विदेश गएर पनि आयलाई राम्रो आम्दानी नगर्ने परिवारको संख्या १५ प्रतिशत रहेको छ । वैदेशिक रोजगार विज्ञ एवं समाजशास्त्री डा. गणेश गुरुङ वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको आम्दानी बढी नभएका कारण नेपालीको औसत आम्दानी पनि कम भएको बताए । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नेपालबाट जाने ८० प्रतिशत श्रमिक अदक्ष रहेको उल्लेख छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com