छठ पर्वका अवसरमा ब्रतालुहरुले बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । ब्रतालुहरुले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुन्छ । ब्रतालुहरु आज रातभर तलाउ, पोखरी तथा नदी किनारमा बनाइएका घाटमा बसेर दीप प्रज्वलन गरी छठ माताको आराधना गर्दछन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।
धनगढीको मोहना घाट स्थित छठ पूजा स्थलमा बुधबार साँझ महाआरती गरिदैँ ।छठ पर्वको अवसरमा बुधबार कमलपोखरीमा छठ पूजा गर्दै भक्तजनहरु ।छठ पूजाको तेस्रो दिन बुधबार वीरगन्जको वीरगन्जको रुानीघाट स्थित छठी घाटमा अस्ताउदो सुर्यलाई अर्घ अर्पण गर्दै व्रतालुहरु ।छठको अवसरमा बुधबार वीरगन्जको घडिअर्वा पोखरी छठ घाटमा अस्ताउदो सूर्यलाई अर्घ अर्पण गर्दै वर्तालु ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।