२४ वर्षअघि सुकेको मुहानबाट पानी आउन थालेपछि…


प्रकाशित मिति : कार्तिक २३, २०७८ मंगलबार

हुम्लाको दक्षिण भेगस्थित अदानचुली गाउँपालिका–३ रिठापाटामा झण्डै २४ वर्षअघि सुकेको मुहानबाट पुनः पानी आउन थालेको छ । लगातार २४ वर्षसम्म पानी नआएको सो मुहानबाट पानी आउन थालेपछि स्थानीयवासी खुसी भएका हुन् ।

सुकेको मुहानबाट पानी निस्कन थालेपछि सो वडावासी आ आफ्नो रीतिरिवाज र परम्परा अनुसार होमजाप गरी बन्द रहेको धारालाई मर्मत गरिएको छ । २४ वर्ष पहिले अदानचुली–३ रोकाया गाउँका बासिन्दाले रिठापाटा भन्ने ठाउँबाट पानी खाने गर्दथे ।

मुहानमा पानी सुकेपछि अन्यत्र गई पानी खानुपर्ने अवस्था रहेको थियो । तर केही दिन अगाडि लगातार परेको अविरल वर्षाले २४ वर्षसम्म सुकेको मुहानबाट पानी निस्कन थालेपछि देउसीभैलो खेलेर जम्मा भएको रकमबाट धारा मर्मत गरिएको स्थानीयवासी मीमबहादुर रोकायाले बताए ।

उनका अनुसार गाउँका सबै ज्येष्ठ नागरिक उपस्थित भई धारा मर्मत गरेको होमजग्गी रोकायाले बताए । सुकेको मुहानबाट केही दिनसम्म पानी निरन्तर आएको खण्डमा सिमेन्ट प्रयोग गरेर धारा पक्की बनाइने भएको बताए । गाउँमै सुकेको मुहानाट पानी निस्कन थालेपछि स्थानीयवासी खुसी भएका छन्, भने खानेपानीका लागि गाउँबाट टाढा जानुपर्ने बाध्यताको समेत अन्त्य भएको उनको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com